• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अभिनेत्रीको युट्युब मोह : कोही खाना पकाउँदै, कोही प्रश्नोत्तरमा रमाउँदै
64x64
नेपाल लाइभ बुधबार, भदौ १६, २०७८  ११:०३
1140x725

काठमाडौं- यतिबेला कलाकारहरु फिल्मको सुटिङमा व्यस्त हुनुपर्ने हो। तर, कोरोना महामारीका कारण दुई वर्षयता सहज र खुलस्त रुपमा फिल्मको सुटिङ हुन पाएको छैन। केही कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरे पनि अधिकांश कलाकार फुर्सदमा छन् यतिबेला।

महमारीको यो फुर्सदिलो समयबीच केही अभिनेत्रीहरु भने युट्युबमा प्रवेश गरेका छन्। केहीले ‘भ्लग’ त केहीले आफूले अभिनय गरेका गीत छयांकन गर्ने बेलाका भिडियोहरु आफ्नो च्यानलमा अपलोड गर्दै आएका छन्। सिनेमा बन्ने समयमा व्यस्त रहने अभिनेत्रीहरुले नै अहिले आफूलाई  युट्युबमा प्रस्तुत गरिरहेका छन्।

केकी अधिकारी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मालगायत सिनेमाको छायांकनमा व्यस्त रहने अभिनेत्रीहरुको व्यस्तता अहिले युट्युबमा देखिन्छ। केहीले आफ्नो दैनिकीको 'भ्लगिङ' भिडियो बनाइरहेका छन् भने केही आफ्नो किचेनमा रमाइरहेका भिडियो बनाइरहेका छन्। कोही दर्शकसँग प्रश्नोत्तरमा रमाएर भिडियो बनाइरहेका छन्।

प्रियंका कार्की : खाना पकाउनेदेखि टक शोसम्म
युट्युबमा प्रवेश गरेकामध्ये सबैभन्दा पहिले भिडियो राख्ने अभिनेत्री हुन् प्रियंका कार्की। २०७६ असारमा उनले युट्युबमा पहिलो भिडियो राखेकी थिइन्। त्यसयता उनी निरन्तर युट्युबमा सक्रिय छिन्। उनले सुरुमा आफ्नै निर्माणमा बनेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’  अपलोड गरेकी थिइन्। त्यसपछि केही समय उनले खानपिनसँग सम्बन्धित भिडियो राखेकी थिइन्। 

कहिले खानपिनसँग सम्बन्धित त कहिले अन्य कलाकारसँगको गफगाफका भिडियोहरु हालिरहन्छिन् प्रियंका आफ्नो युट्युब च्यानलमा। ‘चिटच्याट’ नाम दिएर त उनले श‍ृङ्खलाबद्ध रुपमा विभिन्न कलाकारसँगको कुराकानीलाई प्रस्तुत गरिरहेकी छन्। त्यसबाहेक आफ्नो व्यक्तिगत कुरा समेटिएको भिडियो पनि राखेकी छन्। पछिल्लो समय उनले आफ्नो ‘प्रेग्नेन्सी’सँग सम्बन्धित भिडियोहरु राखेकी छन्।

केकी अधिकारी : दर्शकसँगको प्रश्नोत्तरमा रमाउँदै
अर्की अभिनेत्री केकी अधिकारी पनि युट्युबमा सक्रिय छिन्। गत वर्ष जेठ महिनाबाट उनले युट्युबमा भिडियो अपलोड गर्न थालेकी हुन्। उनको पहिलो भिडियो न्यूयोर्कको यात्राबारे ‘भ्लगिङ’ रहेको छ। भ्लगिङसँगै कहिलेकाँही उनी टक शो, समसामयिक विषयमा टिप्पणी पनि गर्छिन्। उनले पछिल्लोपटक आफ्नो च्यानलमार्फत् दर्शकसँग कुराकानी गरेकी थिइन्। पछिल्लो भिडियोमा केकीले रमाइलो शैलीमा दर्शकका प्रश्नहरुको जवाफ दिएकी छन्।

त्यसबाहेक उनले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा विभिन्न चिकित्सकसँग संवाद गर्दै भिडियो राखेकी थिइन्। साथै, जनचेनतामूलक विषयमा गरिएका कुराकानी र कमेन्ट्री भिडियोहरु पनि उनले आफ्नो च्यानलमा राखेकी छन्।

Ncell 2
Ncell 2

वर्षा राउत : धेरै फलोअर भएको च्यानल
अभिनेत्री वर्षा राउत अहिले म्युजिक भिडियोमा व्यस्तमध्येकी अभिनेत्री हुन्। हाल उनी युट्युबको ट्रेण्डिङमा पर्ने भिडियोहरुमा अभिनय गरिरहेकी हुन्छिन्।

आफ्नो अभिनयबाहेक उनी आफ्नो युट्युब च्यानलमा पनि उत्तिकै सक्रिय छिन्। दुई लाखभन्दा धेरै सदस्य जोडिएको च्यानलमा वर्षाले आफ्नो दैनिक जीवनसँग जोडिएका भिडियोहरु राख्ने गरेकी छन्। विभिन्न ठाउँको यात्रादेखि आफ्ना प्रशंसकसँग प्रश्नोत्तरमा रमाएका भिडियोहरु उनले युट्युबमा राखेकी छन्।

श्रीमानको नाम जोडेर जुराइएको ‘शान्सा’ नाम दिएर खोलिएको उनको युट्युब च्यानलमा डेढ वर्षअघिबाट भिडियो राख्न थालिएको थियो। उनको युट्युब च्यानल अन्य अभिनेत्रीहरुको तुलनामा बढी चलेको छ। तर, तीन महिनायता भने उनी युट्युबमा निस्क्रियजस्तै देखिएकी छन्।

shivam cement

shivam cement

स्वस्तिमा खड्का : पहिले सक्रिय, अहिले निस्क्रिय 
अभिनेत्री स्वस्तिमा खड्कालाई अहिले फुर्सद छैन। फिल्ममा जस्तै म्युजिक भिडियोमा पनि उत्तिकै माग भएकी अभिनेत्री हुन् उनी। लगातार उनका म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।

एक वर्षअघि सुरु भएको उनको युट्युब च्यानलमा हालसम्म ६ वटा भिडियो मात्रै राखिएका छन्। उनको भिडियो कुनै निश्चित विषयमा छैन। स्वस्तिमाले आफूसँग जोडिएका जुनसुकै विषयमा पनि भिडियो राखेको देखिन्छ। कहिले भ्लग पनि बनाउँछिन्, कहिले फोटो सुटको भिडियो राख्छिन्। आफूले अभिनय गरेको म्युजिक भिडियोको पृष्ठभूमिका भिडियोसमेत राख्न भ्याएकी छिन्।

तर, सुरुआती चरणमा सक्रिय रहेकी स्वस्तिमा अहिले युट्युबमा सक्रिय छैनन्। सात महिनायता उनले कुनै भिडियो राखेकी छैनन्। 


आँचल शर्मा : विवाहको भिडियोमा सीमित 
अभिनेत्री आँचल शर्माले पनि आफ्नो छुट्टै युट्युब च्यानल बनाएकी छन्। तर, उनले अन्य अमिनेत्रीले जस्तो युट्युबकै लागि भिडियो बनाएको देखिँदैन।

उदीप श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएकी आँचलले आफ्नो विवाहका भिडियोहरु आफ्नो च्यानलमा राखेकी छन्। त्यसबाहेक कुनै पनि भिडियो राखेकी छैनन्।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
सम्बन्धित सामग्री
‘इण्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा गम्भीर घाइते २८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन् । उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ... मंगलबार, वैशाख २३, २०८२
कुमा सागर एण्ड ख्वप ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सां... आइतबार, वैशाख २१, २०८२
आज अन्तरराष्ट्रिय ज्याज दिवस सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट... बुधबार, वैशाख १७, २०८२
ताजा समाचारसबै
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्