• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अभिनेत्रीको युट्युब मोह : कोही खाना पकाउँदै, कोही प्रश्नोत्तरमा रमाउँदै

64x64
नेपाल लाइभ बुधबार, भदौ १६, २०७८  ११:०३
1140x725

काठमाडौं- यतिबेला कलाकारहरु फिल्मको सुटिङमा व्यस्त हुनुपर्ने हो। तर, कोरोना महामारीका कारण दुई वर्षयता सहज र खुलस्त रुपमा फिल्मको सुटिङ हुन पाएको छैन। केही कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरे पनि अधिकांश कलाकार फुर्सदमा छन् यतिबेला।

महमारीको यो फुर्सदिलो समयबीच केही अभिनेत्रीहरु भने युट्युबमा प्रवेश गरेका छन्। केहीले ‘भ्लग’ त केहीले आफूले अभिनय गरेका गीत छयांकन गर्ने बेलाका भिडियोहरु आफ्नो च्यानलमा अपलोड गर्दै आएका छन्। सिनेमा बन्ने समयमा व्यस्त रहने अभिनेत्रीहरुले नै अहिले आफूलाई  युट्युबमा प्रस्तुत गरिरहेका छन्।

केकी अधिकारी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मालगायत सिनेमाको छायांकनमा व्यस्त रहने अभिनेत्रीहरुको व्यस्तता अहिले युट्युबमा देखिन्छ। केहीले आफ्नो दैनिकीको 'भ्लगिङ' भिडियो बनाइरहेका छन् भने केही आफ्नो किचेनमा रमाइरहेका भिडियो बनाइरहेका छन्। कोही दर्शकसँग प्रश्नोत्तरमा रमाएर भिडियो बनाइरहेका छन्।

प्रियंका कार्की : खाना पकाउनेदेखि टक शोसम्म
युट्युबमा प्रवेश गरेकामध्ये सबैभन्दा पहिले भिडियो राख्ने अभिनेत्री हुन् प्रियंका कार्की। २०७६ असारमा उनले युट्युबमा पहिलो भिडियो राखेकी थिइन्। त्यसयता उनी निरन्तर युट्युबमा सक्रिय छिन्। उनले सुरुमा आफ्नै निर्माणमा बनेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’  अपलोड गरेकी थिइन्। त्यसपछि केही समय उनले खानपिनसँग सम्बन्धित भिडियो राखेकी थिइन्। 

कहिले खानपिनसँग सम्बन्धित त कहिले अन्य कलाकारसँगको गफगाफका भिडियोहरु हालिरहन्छिन् प्रियंका आफ्नो युट्युब च्यानलमा। ‘चिटच्याट’ नाम दिएर त उनले श‍ृङ्खलाबद्ध रुपमा विभिन्न कलाकारसँगको कुराकानीलाई प्रस्तुत गरिरहेकी छन्। त्यसबाहेक आफ्नो व्यक्तिगत कुरा समेटिएको भिडियो पनि राखेकी छन्। पछिल्लो समय उनले आफ्नो ‘प्रेग्नेन्सी’सँग सम्बन्धित भिडियोहरु राखेकी छन्।

केकी अधिकारी : दर्शकसँगको प्रश्नोत्तरमा रमाउँदै
अर्की अभिनेत्री केकी अधिकारी पनि युट्युबमा सक्रिय छिन्। गत वर्ष जेठ महिनाबाट उनले युट्युबमा भिडियो अपलोड गर्न थालेकी हुन्। उनको पहिलो भिडियो न्यूयोर्कको यात्राबारे ‘भ्लगिङ’ रहेको छ। भ्लगिङसँगै कहिलेकाँही उनी टक शो, समसामयिक विषयमा टिप्पणी पनि गर्छिन्। उनले पछिल्लोपटक आफ्नो च्यानलमार्फत् दर्शकसँग कुराकानी गरेकी थिइन्। पछिल्लो भिडियोमा केकीले रमाइलो शैलीमा दर्शकका प्रश्नहरुको जवाफ दिएकी छन्।

त्यसबाहेक उनले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा विभिन्न चिकित्सकसँग संवाद गर्दै भिडियो राखेकी थिइन्। साथै, जनचेनतामूलक विषयमा गरिएका कुराकानी र कमेन्ट्री भिडियोहरु पनि उनले आफ्नो च्यानलमा राखेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

वर्षा राउत : धेरै फलोअर भएको च्यानल
अभिनेत्री वर्षा राउत अहिले म्युजिक भिडियोमा व्यस्तमध्येकी अभिनेत्री हुन्। हाल उनी युट्युबको ट्रेण्डिङमा पर्ने भिडियोहरुमा अभिनय गरिरहेकी हुन्छिन्।

आफ्नो अभिनयबाहेक उनी आफ्नो युट्युब च्यानलमा पनि उत्तिकै सक्रिय छिन्। दुई लाखभन्दा धेरै सदस्य जोडिएको च्यानलमा वर्षाले आफ्नो दैनिक जीवनसँग जोडिएका भिडियोहरु राख्ने गरेकी छन्। विभिन्न ठाउँको यात्रादेखि आफ्ना प्रशंसकसँग प्रश्नोत्तरमा रमाएका भिडियोहरु उनले युट्युबमा राखेकी छन्।

श्रीमानको नाम जोडेर जुराइएको ‘शान्सा’ नाम दिएर खोलिएको उनको युट्युब च्यानलमा डेढ वर्षअघिबाट भिडियो राख्न थालिएको थियो। उनको युट्युब च्यानल अन्य अभिनेत्रीहरुको तुलनामा बढी चलेको छ। तर, तीन महिनायता भने उनी युट्युबमा निस्क्रियजस्तै देखिएकी छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वस्तिमा खड्का : पहिले सक्रिय, अहिले निस्क्रिय 
अभिनेत्री स्वस्तिमा खड्कालाई अहिले फुर्सद छैन। फिल्ममा जस्तै म्युजिक भिडियोमा पनि उत्तिकै माग भएकी अभिनेत्री हुन् उनी। लगातार उनका म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।

एक वर्षअघि सुरु भएको उनको युट्युब च्यानलमा हालसम्म ६ वटा भिडियो मात्रै राखिएका छन्। उनको भिडियो कुनै निश्चित विषयमा छैन। स्वस्तिमाले आफूसँग जोडिएका जुनसुकै विषयमा पनि भिडियो राखेको देखिन्छ। कहिले भ्लग पनि बनाउँछिन्, कहिले फोटो सुटको भिडियो राख्छिन्। आफूले अभिनय गरेको म्युजिक भिडियोको पृष्ठभूमिका भिडियोसमेत राख्न भ्याएकी छिन्।

तर, सुरुआती चरणमा सक्रिय रहेकी स्वस्तिमा अहिले युट्युबमा सक्रिय छैनन्। सात महिनायता उनले कुनै भिडियो राखेकी छैनन्। 


आँचल शर्मा : विवाहको भिडियोमा सीमित 
अभिनेत्री आँचल शर्माले पनि आफ्नो छुट्टै युट्युब च्यानल बनाएकी छन्। तर, उनले अन्य अमिनेत्रीले जस्तो युट्युबकै लागि भिडियो बनाएको देखिँदैन।

उदीप श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएकी आँचलले आफ्नो विवाहका भिडियोहरु आफ्नो च्यानलमा राखेकी छन्। त्यसबाहेक कुनै पनि भिडियो राखेकी छैनन्।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्