काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले खल्तीमा आबद्ध ४०० भन्दा बढी सहकारी संस्थाको खातामा नि:शुल्क रकम पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
यस सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारीको खातामा प्रत्येक पटक २५ हजार रुपैयाँ तथा एक दिनमा एक लाख रुपैयाँसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।
यो सेवामार्फत् एक महिनामा अधिकतम १० पटक वा दुई लाख ५० हजार रुपैयाँसम्मको रकम सहकारीको खातामा ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
खल्ती केवाईसी भेरिफाइ गराएका प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा यो अफर लागू हुने कम्पनीले जानकारी दिएको छ। साथै, नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाइ गरी उक्त अफरमा सहभागी हुनसक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।