काठमाडौं– एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ।
यो योजनामा एसईईका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन पाउने कम्पनीले जनाएको छ।
यो योजना आज मंगलबारदेखि सञ्चालनमा आएको छ। एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो सेवा लिन सक्नेछन्।
यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय वा त्यो भन्दा बढिको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउनेछन्।
त्यसैगरी, ५० रुपैयाँ वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
यस्तो, रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।