प्रतीकात्मक तस्वीर काठमाडौं– केयर गिभरका लागि इजरायल जान आवेदन दिएका नेपाली कामदारको लिखित परीक्षा भदौ २८ गते हुने भएको छ। काठमाडौं उपत्यकाको विभिन्न परीक्षा केन्द्रमार्फत १ बजेदेखि परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
आवेदन स्वीकृत भएका परीक्षार्थीको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी दिइने बताउँदै विभागले प्रवेश पत्र साथमा लिई परीक्षा केन्द्र जानुपर्ने जानकारी दिएको छ।
इजरायलबाट अहिलेका लागि एक हजार कामदारको माग आएको छ। ७० प्रतिशत महिला र ३० पुरुषलाई लाने गरी इजरायलबाट माग आएको र कामदारले मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने जनाइएको छ।
गत वर्ष इजरायल र नेपाल सरकारबीचमा केयर गिभरमा नेपाली कामदार लाने सम्झौता भएको थियो। ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।