• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२ Thu, Jun 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
एमसीसी परियोजनाको पक्षमा बज्न थाल्यो टेलिभिजन विज्ञापन, एमसीए नेपाल भन्छ- हामीलाई थाहा छैन
64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  २१:०५
1140x725

काठमाडौं- राजनीति नै विभक्त हुनेगरी विवादको विषय बनेको अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे टेलिभिजन विज्ञापन बज्न सुरु भएको पाइएको छ। एमसीसी परियोजनालाई लिएर राष्ट्रिय राजनीति विभाजित भइरहेको अवस्थामा एमसीसीले एक टेलिभिजनमार्फत् प्रचारात्मक विज्ञापन बजाउन थालेको हो। 

करिब ४० सेकेण्डको उक्त विज्ञापन एक कार्यालयका कर्मचारीहरुबीच एमसीसीबारे भएको संवादका रुपमा प्रस्तुत गरिएको छ। दुई जना पुरुष कर्मचारीमध्ये एकले एमसीसीबारे धेरै हल्ला चलिरहेको छ के हो? भन्दै प्रश्न गर्छन्। तर, अर्कोले एमसीसी छाडिदेऊ, बरु तिम्रो सेयरको मूल्य कति पुग्यो हेरौं न भन्दै एमसीसीको कुरा पन्छाउन खोज्छन्। त्यही संवाद सुनेर एक महिलाले एमसीसीलाई बेवास्ता गर्न नहुने भन्दै सम्झाउँछिन्।

विज्ञापनको संवादमा ती महिलाले भनेकी छन्, 'आफ्नो सेयरचाहिँ प्यारो अनि देशलाई फाइदा हुने एमसीसीको चाहिँ बेवास्ता? यो एमसीसी भनेको त हाम्रै देशको फाइदाको लागि आएको हो। यो एमसीसीको अनुदानले बिजुलीको प्रसारणलाइन बनेपछि त्यसबाट हाम्रै हाइड्रोपावर योजनाहरुबाट हाम्रै देशमा बिजुली खपत गर्न सकिन्छ। अनि त्यो बिजुली बाहिरी देशमा पनि पठाउन सकियो। भरपर्दो बिजुली भएपछि त देशको आर्थिक समृद्धिको जग पनि त बलियो बनाउँछ। तिमीले भोलिको लागि लगानी गरेजस्तै एमसीसी देशको भविष्यको लागि गरिएको लगानी हो।'

विज्ञापनमा एमसीसीको लोगो प्रयोग भएकोले यो विज्ञापन सिधै एमसीसीबाट प्रसारण भएको प्रस्ट हुन्छ। 

यता एमसीसी परियोजना व्यवस्थापनका लागि नेपाल सरकारले स्थापना गरेको आधिकारिक निकाय मिलिनियम च्यालेञ्ज अकाउण्ट (एमसीए) नेपाल नै यसबारे अनभिज्ञ देखिएको छ। विज्ञापनबारे बुझ्न खोज्दा एमसीए नेपालका सूचना अधिकृत राजीव दाहालले यसबारे जानकारी नभएको बताए। 'हामीलाई यसबारे जानकारी छैन। एमसीसीले नै विज्ञापन प्रसारण गरेको होला,' उनले नेपाल लाइभसँग भने।

यो परियोजना कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्रै चर्को विवाद उठिरहेको छ। संसद्‍बाट अनुमोदन गर्नुपर्ने यो विषय अहिले सत्तारुढ दलहरुका लागि टाउको दुखाइको विषय बनेको छ। विपक्षी दलभित्र पनि यो विषयमा तीव्र विवाद छ। यहीबीचमा अमेरिकाले भने चाँडोभन्दा चाँडो एमसीसी संसद्‍बाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान दबाब दिइरहेको छ। 

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी कार्यान्वयनका लागि मन्त्री र दलका नेताहरुलाई जोड दिँदै आएका छन्। साउन २५ मा ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेर राजदूत बेरीले ऊर्जाको विकासका लागि एमसीसी महत्त्वपूर्ण रहेकोले त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेका थिए। उनले एससीसी नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताएका थिए।

यही क्रममा टेलिभिजनमार्फत् विज्ञापन प्रसारण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। मुख्य राजनीतिक दलहरुबीचमा नै सहमति नभइसकेको तथा संसद्‍मा पेस गर्नेबारे सरकार अनिर्णित बनिरहेको सन्दर्भमा टेलिभिजनबाट विज्ञापन प्रसारण गरेर थप दबाब सिर्जना गर्न खोजिएको हुनसक्ने जानकारहरु बताउँछन्। विज्ञापनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमासमेत बहस भइरहेको छ।

Ncell 2
Ncell 2

त्यसो त एमसीसीको विज्ञापन यसअघि पनि रेडियो/टेलिभिजनमा प्रसारण भएका थिए। तर, यसपटकको विज्ञापन अझ आक्रामक भएर आएको देखिन्छ।      

के हो एमसीसी?
अमेरिकी संसद्‌ले विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्यसहित सन् २००४ मा एमसीसी परियोजना स्थापना गरेको थियो। एमसीसीको वेबसाइटमा उल्लेख भएअनुसार 'मिलेनियम च्यालेन्ज कर्पोरेसन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो, जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ।'

नेपाल र अमेरिकाबीच सन् २०१७ मा एमसीसीमा सम्झौता भएको थियो। नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते वासिङटनमा नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए।  

उक्त सम्झौताअनुसार एमसीसी परियोजना लागू भएको पाँच वर्षमा अमेरिकाले करिब ६० अर्ब रुपैयाँ नेपालको पूर्वाधार विकासका लागि अनुदान दिने उल्लेख छ। सोही अवधिमा नेपाल सरकारले पनि परियोजनाका लागि आवश्यक पूर्वाधार विकास गर्न करिब १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।

अमेरिकाले दिने अधिकांश अनुदान विद्युत्‌को अन्तरदेशीय प्रसारणलाइन निर्माणमा खर्च हुने उल्लेख छ। प्रसारणलाइनका लागि करिब ४५ अर्ब रुपैयाँ र बाँकी रकम सडक मर्मत तथा अन्य शीर्षकमा खर्च हुनेछ।

विवाद के हो?
एमसीसी कार्यान्वयनका लागि संसद्‍बाट अनुमोदन गराउनुपर्ने उल्लेख छ। तर, सम्झौताका केही बुँदालाई लिएर यो परियोजना विवादमा तानिएको छ। प्रमुख दलका कतिपय प्रभावशाली नेताहरुले समेत यसलाई राष्ट्रघाती भएको बताउँदै आएका छन्। जसकारण संसद्‍बाट पारित गराउनुपर्ने यो विषय थप जटिल बन्दै गएको छ। 

सरकारले एमसीसीलाई सार र रूपमा चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्ने, त्यस्तो योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्ने विषय विवादित बनेको छ। एमसीसीअन्तर्गतका परियोजनामा कर छुट हुने, नेपालको संविधान तथा कानुनअन्तर्गत नियमन गर्न नपाउने, यसको बौद्धिक सम्पत्तिमा नेपालको हक नलाग्ने जस्ता विषय राष्ट्रको हितविपरीत हुने भन्दै विरोध भइरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो
सम्बन्धित सामग्री
साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन सबै सूचक घटेका हुन्। बिहीबार, असार ५, २०८२
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो। बुधबार, असार ४, २०८२
१.२८ अंकले घट्यो नेप्से,कारोबार रकम बढ्यो आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा समेटिएको छ। ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँ... बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य बिहीबार, असार ५, २०८२
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ बिहीबार, असार ५, २०८२
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीविरुद्ध ठगीसँगै कीर्ते मुद्दा चल्दै, ७ दिन हिरासतमा राख्न अनुमति बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय बुधबार, असार ४, २०८२
प्रदेश सांसद दिपक मनाङे पदमुक्त बुधबार, असार ४, २०८२
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी बुधबार, असार ४, २०८२
उच्च अदालत पाटनद्वारा राजु पाण्डेको कारबाही बदर, निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्