काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाँड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो। भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ। बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८००० रहेकोमा तिजको अवसरमा रु.६६६६ कायम गरिएको छ।
यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला रु. १०००० पर्नेमा तिजमा छुट गरी रु.७७७७ कायम गरिएको छ।
यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य रु. १३४०० रहेकोमा तिजको अफर अन्तर्गत रु. ९९९९ तोकिएको छ।
बेसिक तीज प्याकेजअन्तरगत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउण्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ। यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला रु. ८६५० पर्ने प्याकेजलाई रु. ६५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ।
फादर्स डे प्याकेजमा इएसआर, चेस्ट पीए, इसीजी, सुगर रेन्डम, यूरिक एसिड, लिपिड प्रोफाइल, यूरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टीजेन, पोटासियम, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन्।
यी दुवै प्याकेज लिनलाई नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिने नर्भिकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।