• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

केप टाउनदेखि काठमाडौंसम्म: ३ किलो कोकिन बोक्ने साउथ अफ्रिकन युवतीको हिरासत यात्रा

तान्जानियाबाट काठमाडौं आएर नेपाली भाषा अध्ययन, काम भने कोकिन तस्करी
64x64
नारायण अधिकारी आइतबार, भदौ १३, २०७८  १८:५७
1140x725

काठमाडौं– ३० वर्षीया शीर्ली गामाले दक्षिण अफ्रिकाका विभिन्न निजी अफिसहरुमा कार्यालयमा सहयोगीको रुपमा काम गरिन्। विवाह भए पनि श्रीमान्‌को मृत्युपछि उनको दैनिकी झनै बिग्रँदो थियो। आर्थिक रुपमा उनी झन कमजोर बनिन्।

यही मेसोमा उनलाई एउटा अफर आयो– दफिण अफ्रिकादेखि नेपालसम्मको यात्रा गर्ने र फेरि फर्केर दक्षिण अफ्रिका पुग्ने। यति काम गरेवापत राम्रै आम्दानी हुने भएपछि लागु औषध तस्करको योजनाअनुसार नेपाल पुग्न उनी राजी भइन्। काम थियो–कोकिन बोकेर नेपाल पुग्ने र नेपालमा एक व्यक्तिलाई उक्त कोकिन जिम्मा लगाउने।

दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उनी डोमेस्टिक प्लेन चढेर अगस्ट १८ तारिकमा केप टाउन पुगिन्। गामाका लागि लागु औषध तस्करले केप टाउनबाट कतारको दोहा हुँदै काठमाडौंसम्मको टिकटको व्यवस्था गरिसकेका थिए। काठमाडौंमा ल्याण्ड भएलगत्तै बस्नका लागि कमलादीस्थित होटल पनि तस्कारहरुले इन्टरनेटबाटै बूक गर्दिसकेका थिए।

तस्करले गामालाई लगेज (सुटकेस) केप टाउनमा जिम्मा लगाए। लगेजको दुवैतर्फको साइडमा फल्स बटम बनाएर महँगो लागु औषध कोकिन २ किलो ९६६ ग्राम लुकाएर राखिएको थियो। 

आइतबार पत्रकार सम्मेलनमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाले भने, ‘उक्त लगेजमा लागु औषध थियो भन्ने जानकारी हुँदाहुँदै पनि पैसाकै लोभमा गामा कोकिन बोक्न राजी भएको देखिन्छ ।’ 

तर, लागु औषधका जानकारहरु भने यस्ता घटनामा लागु औषध बोक्ने मान्छेलाई लगेजमा के छ भन्ने जानकारी नै नहुने बताउँछन्। सामान्य सामानहरु रहेको र निश्चित ठाउँमा पुर्‍याएवापत रकम दिनेपछि उनीहरु त्यसमा लोभिएर क्यारियरको काम गर्ने गरेको जानकारहरु बताउँछन्।

अगस्ट १८ तारिकमा केप टाउनबाट कतार एअरवेजको जहाजमार्फत गामा दोहा हुँदै १९ तारिकमा काठमाडौं ल्याण्ड हुन्छिन्। ए ०९२६७५१३ नम्बरको पासपोर्ट बोकर काठमाडौं ल्याण्डपछि नै गामाले विमानस्थलस्थित अध्यागमनबाट अनअराइभल भिजिट भिसा लिन्छिन्। 

कोकिनको राजधानी भनेर चिनिने दक्षिण अमेरिकन र अफ्रिकन देशबाट आउने नागरिकमाथि ब्यूरोले विशेष निगरानी राख्दै आएको छ। यही मेसोमा निगरानीमा परिन् गामा। 'अपरेशन कोक' नाम दिएर ब्यूरोले कोकिनविरुद्ध विशेष अपरशेन नै सञ्चालन गरिरहेको छ। सोही मेसोमा दक्षिण अफ्रिकाबाट ठूलो परिणाममा कोकिन आउन लागेको बारे ब्यूरोका केही अधिकारीले सूचना समेत पाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

झण्डै तीन किलो कोकिन लिएर विमानस्थलमा उत्रेकी गामा तस्करले बूक गरिदिएको कमलादिस्थित होटलमा भदौ ३ गते दिउँसो साढे ४ बजेतिर पुगिन्। पहिल्यै सुराक पाएको ब्यूरोले होटलबाट सोही राति ११ बजे उनलाई नियन्त्रणमा लियो।

कोकिनका काउन्टर सर्भिलेन्सर तान्जानियन युवती गामाको काम उक्त कोकिन नेपालसम्म पुर्‍याइदिने मात्रै थियो। नेपालमा रहेका एक व्यक्तिले उक्त लगेज लिन आउने भएकाले उसैलाई दिन भनेर दक्षिण अफ्रिकाबाटै तस्करले गामालाई सिकाएका थिए। उक्त लगेज रिसिभ गर्ने युवतीको फोटो गामालाई सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको थियो।

प्रहरीले गामालाई नियन्त्रणमा लिए पनि पक्राउ परेको भन्ने भेउ नपाउने तरिकाले उनलाई सामाजिक सञ्जाल चलाउनदेखि लगेज लिन आउने युवतीसँग सम्पर्क गर्नसम्मको व्यवस्था मिलाएको थियो।

गामाले तस्करको योजनाअनुसार नेपालमा रहेकी टीएई २५५९८१ नम्बरको राहदानी बाहक २६ वर्षीया तान्जानियन नागरिक गर्टरुड लियोनार्दो काइमारोसँग सम्पर्क गरिन्। काइमारोले भने गामाले प्रहरी नियन्त्रण छ/छैन भनेर सर्भिलेन्स गर्न थालिन्। सोही अनुसार उनले गामालाई दरबामार्गस्थित केएफसीमा भेट्न बोलाइन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले गामालाई केएफसी पुर्‍यायो । काइमारोले गामालाई टाढैबाट नियालेर फर्किन्। त्यसपछि गामा पक्राउ नपरेको भन्ने उनले बुझेकी थिइन्। ‘गामासँग कोकिनको बारेमा कुरा हुनु, उनी पक्राउ परेको नपरेको भन्नेबारे काउन्टर सर्भिलेन्स गर्नु र रिसिभ गर्ने मान्छेसमेत काइमारोले नै बोलाउनुले कोकिन तस्करीमा उनी जोडिन्,’ ब्यूरोका एसपी जीवन श्रेष्ठले भने।

नेपाली भाषा अध्ययनको बहानामा कोकिन तस्करी
गामा पक्राउ नपरेको भन्ने बुझेपछि काइमारोले उक्त कोकिन नेपालबाट भारतसम्म पुर्‍याउनका लागि बैंग्लोर किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई काठमाडौं बोलाइन्। सिंहलाई भदौ ८ गते कमलादीबाटै प्रहरीले पक्राउ गर्‍यो। 

त्यसपछि भने काइमारो फरार भइन्। काठमाडौंबाट भारत छिर्न लागेका बेला उनलाई सिन्धुलीस्थित खुर्कोटबाट भदौ ९ गते प्रहरीले पक्राउ गर्‍यो। प्रहरीको अनुसन्धानका क्रममा  काइमारो सन् २०१९ देखि नेपालमा बस्दै आएको पाइएको छ। 

सन् २०१९ मा भिजिट भिसामा आएर नेपाल बसेकी उनी पछि अध्ययन भिसामा नेपाल आएर बसेको खुलेको छ। क्षेत्रपाटीमा मासिक २० हजार भाडा तिरेर फ्ल्याटमा बस्दै आएकी काइमारो प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली अध्ययनरत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ब्यूरो स्रोतका अनुसार २ वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियन काइमारोले यसअघि पनि कोकिन रिसिभ गरेर सम्बन्धित गन्तव्यमा पठाउने गरेको पाइएको छ । 

बरामद कोकिनको गन्तव्य कहाँ ?
ब्यूरोका प्रहरी अधिकारीका अनुसार अहिले बरामद भएको कोकिनको अवैध मूल्य ९ करोड नेपाली रुपैयाँभन्दा बढी छ। नेपालबाट स्थलमार्ग हुँदै भारतको दिल्लीसम्म यसको गन्तव्य रहेको बताइए पनि यसको अन्तिम गन्वव्य त्यहाँमात्रै नहुने ब्यूरोका अधिकारी बताउँछन्।  

‘अहिलेसम्मका ट्रेण्ड हेर्दा कोकिनको गन्व्यत चीन, हङकङ, थाइल्याण्ड र यूरोप, अमेरिकाका विभिन्न देशहरु देखिन्छ। त्यसका लागि नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरेको देखिन्छ। अहिले बरामद गरेको कोकिनको गन्तव्य नेपालबाट भारत देखिए पनि त्यो नहुन सक्छ,’ ब्यूरोका एक अधिकारी भन्छन्।

कोकिन तस्करका अनेक तरिका
लागु औषध नियन्त्रण ब्युराको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा ५४ किलो ६२२ ग्राम कोकिनसहित ४५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये १५ जना नेपाली नागरिक छन्। 

यसरी कोकिनसहित पक्राउ परेकाहरुले अनेकौं तरिकाहरु अपनाएर कोकिनको ओसारपसार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

केही समय पहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो। सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो।

स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो। त्यस्तै नयाँ तरिका अपनाएर नेपाल आएको कोकिन प्रहरीले बरामद गरेको छ। 

अन्तर्राष्ट्रिय तस्करहरुले पक्राउ पर्नबाट जोगिन नयाँ–नयाँ तरिका अपनाएर कोकिन तस्करी गर्दै आएका छन्। पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। यो घटना सन् २०१८ जनवरीको हो।
त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए।

यसभन्दा अघि सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन समेत बोकेको समाचार सार्वजनिक भएको थियो। 

पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत झोल कोकिन पनि तस्करी हुँदै आएको छ।

नेपालमा अधिकांशले सुटकेस, ज्याकेटलगायतमा फल्म बटम बनाएर लुकाएर कोकिन ल्याउने गरेका छन्। केहीले सौन्दर्य साधन, बच्चाको खेलौना र स्याम्पुको बट्टा समेत समेत प्रयोग गर्ने गरेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्