• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

केप टाउनदेखि काठमाडौंसम्म: ३ किलो कोकिन बोक्ने साउथ अफ्रिकन युवतीको हिरासत यात्रा

तान्जानियाबाट काठमाडौं आएर नेपाली भाषा अध्ययन, काम भने कोकिन तस्करी
64x64
नारायण अधिकारी आइतबार, भदौ १३, २०७८  १८:५७
1140x725

काठमाडौं– ३० वर्षीया शीर्ली गामाले दक्षिण अफ्रिकाका विभिन्न निजी अफिसहरुमा कार्यालयमा सहयोगीको रुपमा काम गरिन्। विवाह भए पनि श्रीमान्‌को मृत्युपछि उनको दैनिकी झनै बिग्रँदो थियो। आर्थिक रुपमा उनी झन कमजोर बनिन्।

यही मेसोमा उनलाई एउटा अफर आयो– दफिण अफ्रिकादेखि नेपालसम्मको यात्रा गर्ने र फेरि फर्केर दक्षिण अफ्रिका पुग्ने। यति काम गरेवापत राम्रै आम्दानी हुने भएपछि लागु औषध तस्करको योजनाअनुसार नेपाल पुग्न उनी राजी भइन्। काम थियो–कोकिन बोकेर नेपाल पुग्ने र नेपालमा एक व्यक्तिलाई उक्त कोकिन जिम्मा लगाउने।

दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उनी डोमेस्टिक प्लेन चढेर अगस्ट १८ तारिकमा केप टाउन पुगिन्। गामाका लागि लागु औषध तस्करले केप टाउनबाट कतारको दोहा हुँदै काठमाडौंसम्मको टिकटको व्यवस्था गरिसकेका थिए। काठमाडौंमा ल्याण्ड भएलगत्तै बस्नका लागि कमलादीस्थित होटल पनि तस्कारहरुले इन्टरनेटबाटै बूक गर्दिसकेका थिए।

तस्करले गामालाई लगेज (सुटकेस) केप टाउनमा जिम्मा लगाए। लगेजको दुवैतर्फको साइडमा फल्स बटम बनाएर महँगो लागु औषध कोकिन २ किलो ९६६ ग्राम लुकाएर राखिएको थियो। 

आइतबार पत्रकार सम्मेलनमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाले भने, ‘उक्त लगेजमा लागु औषध थियो भन्ने जानकारी हुँदाहुँदै पनि पैसाकै लोभमा गामा कोकिन बोक्न राजी भएको देखिन्छ ।’ 

तर, लागु औषधका जानकारहरु भने यस्ता घटनामा लागु औषध बोक्ने मान्छेलाई लगेजमा के छ भन्ने जानकारी नै नहुने बताउँछन्। सामान्य सामानहरु रहेको र निश्चित ठाउँमा पुर्‍याएवापत रकम दिनेपछि उनीहरु त्यसमा लोभिएर क्यारियरको काम गर्ने गरेको जानकारहरु बताउँछन्।

अगस्ट १८ तारिकमा केप टाउनबाट कतार एअरवेजको जहाजमार्फत गामा दोहा हुँदै १९ तारिकमा काठमाडौं ल्याण्ड हुन्छिन्। ए ०९२६७५१३ नम्बरको पासपोर्ट बोकर काठमाडौं ल्याण्डपछि नै गामाले विमानस्थलस्थित अध्यागमनबाट अनअराइभल भिजिट भिसा लिन्छिन्। 

कोकिनको राजधानी भनेर चिनिने दक्षिण अमेरिकन र अफ्रिकन देशबाट आउने नागरिकमाथि ब्यूरोले विशेष निगरानी राख्दै आएको छ। यही मेसोमा निगरानीमा परिन् गामा। 'अपरेशन कोक' नाम दिएर ब्यूरोले कोकिनविरुद्ध विशेष अपरशेन नै सञ्चालन गरिरहेको छ। सोही मेसोमा दक्षिण अफ्रिकाबाट ठूलो परिणाममा कोकिन आउन लागेको बारे ब्यूरोका केही अधिकारीले सूचना समेत पाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

झण्डै तीन किलो कोकिन लिएर विमानस्थलमा उत्रेकी गामा तस्करले बूक गरिदिएको कमलादिस्थित होटलमा भदौ ३ गते दिउँसो साढे ४ बजेतिर पुगिन्। पहिल्यै सुराक पाएको ब्यूरोले होटलबाट सोही राति ११ बजे उनलाई नियन्त्रणमा लियो।

कोकिनका काउन्टर सर्भिलेन्सर तान्जानियन युवती गामाको काम उक्त कोकिन नेपालसम्म पुर्‍याइदिने मात्रै थियो। नेपालमा रहेका एक व्यक्तिले उक्त लगेज लिन आउने भएकाले उसैलाई दिन भनेर दक्षिण अफ्रिकाबाटै तस्करले गामालाई सिकाएका थिए। उक्त लगेज रिसिभ गर्ने युवतीको फोटो गामालाई सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको थियो।

प्रहरीले गामालाई नियन्त्रणमा लिए पनि पक्राउ परेको भन्ने भेउ नपाउने तरिकाले उनलाई सामाजिक सञ्जाल चलाउनदेखि लगेज लिन आउने युवतीसँग सम्पर्क गर्नसम्मको व्यवस्था मिलाएको थियो।

गामाले तस्करको योजनाअनुसार नेपालमा रहेकी टीएई २५५९८१ नम्बरको राहदानी बाहक २६ वर्षीया तान्जानियन नागरिक गर्टरुड लियोनार्दो काइमारोसँग सम्पर्क गरिन्। काइमारोले भने गामाले प्रहरी नियन्त्रण छ/छैन भनेर सर्भिलेन्स गर्न थालिन्। सोही अनुसार उनले गामालाई दरबामार्गस्थित केएफसीमा भेट्न बोलाइन् । 

प्रहरीले गामालाई केएफसी पुर्‍यायो । काइमारोले गामालाई टाढैबाट नियालेर फर्किन्। त्यसपछि गामा पक्राउ नपरेको भन्ने उनले बुझेकी थिइन्। ‘गामासँग कोकिनको बारेमा कुरा हुनु, उनी पक्राउ परेको नपरेको भन्नेबारे काउन्टर सर्भिलेन्स गर्नु र रिसिभ गर्ने मान्छेसमेत काइमारोले नै बोलाउनुले कोकिन तस्करीमा उनी जोडिन्,’ ब्यूरोका एसपी जीवन श्रेष्ठले भने।

नेपाली भाषा अध्ययनको बहानामा कोकिन तस्करी
गामा पक्राउ नपरेको भन्ने बुझेपछि काइमारोले उक्त कोकिन नेपालबाट भारतसम्म पुर्‍याउनका लागि बैंग्लोर किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई काठमाडौं बोलाइन्। सिंहलाई भदौ ८ गते कमलादीबाटै प्रहरीले पक्राउ गर्‍यो। 

त्यसपछि भने काइमारो फरार भइन्। काठमाडौंबाट भारत छिर्न लागेका बेला उनलाई सिन्धुलीस्थित खुर्कोटबाट भदौ ९ गते प्रहरीले पक्राउ गर्‍यो। प्रहरीको अनुसन्धानका क्रममा  काइमारो सन् २०१९ देखि नेपालमा बस्दै आएको पाइएको छ। 

सन् २०१९ मा भिजिट भिसामा आएर नेपाल बसेकी उनी पछि अध्ययन भिसामा नेपाल आएर बसेको खुलेको छ। क्षेत्रपाटीमा मासिक २० हजार भाडा तिरेर फ्ल्याटमा बस्दै आएकी काइमारो प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली अध्ययनरत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ब्यूरो स्रोतका अनुसार २ वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियन काइमारोले यसअघि पनि कोकिन रिसिभ गरेर सम्बन्धित गन्तव्यमा पठाउने गरेको पाइएको छ । 

बरामद कोकिनको गन्तव्य कहाँ ?
ब्यूरोका प्रहरी अधिकारीका अनुसार अहिले बरामद भएको कोकिनको अवैध मूल्य ९ करोड नेपाली रुपैयाँभन्दा बढी छ। नेपालबाट स्थलमार्ग हुँदै भारतको दिल्लीसम्म यसको गन्तव्य रहेको बताइए पनि यसको अन्तिम गन्वव्य त्यहाँमात्रै नहुने ब्यूरोका अधिकारी बताउँछन्।  

‘अहिलेसम्मका ट्रेण्ड हेर्दा कोकिनको गन्व्यत चीन, हङकङ, थाइल्याण्ड र यूरोप, अमेरिकाका विभिन्न देशहरु देखिन्छ। त्यसका लागि नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरेको देखिन्छ। अहिले बरामद गरेको कोकिनको गन्तव्य नेपालबाट भारत देखिए पनि त्यो नहुन सक्छ,’ ब्यूरोका एक अधिकारी भन्छन्।

कोकिन तस्करका अनेक तरिका
लागु औषध नियन्त्रण ब्युराको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा ५४ किलो ६२२ ग्राम कोकिनसहित ४५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये १५ जना नेपाली नागरिक छन्। 

यसरी कोकिनसहित पक्राउ परेकाहरुले अनेकौं तरिकाहरु अपनाएर कोकिनको ओसारपसार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

केही समय पहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो। सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो।

स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो। त्यस्तै नयाँ तरिका अपनाएर नेपाल आएको कोकिन प्रहरीले बरामद गरेको छ। 

अन्तर्राष्ट्रिय तस्करहरुले पक्राउ पर्नबाट जोगिन नयाँ–नयाँ तरिका अपनाएर कोकिन तस्करी गर्दै आएका छन्। पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। यो घटना सन् २०१८ जनवरीको हो।
त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए।

यसभन्दा अघि सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन समेत बोकेको समाचार सार्वजनिक भएको थियो। 

पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत झोल कोकिन पनि तस्करी हुँदै आएको छ।

नेपालमा अधिकांशले सुटकेस, ज्याकेटलगायतमा फल्म बटम बनाएर लुकाएर कोकिन ल्याउने गरेका छन्। केहीले सौन्दर्य साधन, बच्चाको खेलौना र स्याम्पुको बट्टा समेत समेत प्रयोग गर्ने गरेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्