• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'स्टिङ अप्रेसन' खारेजी पछिको पहिलो फैसला : सप्तरीका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर 

64x64
नेपाल लाइभ आइतबार, भदौ १३, २०७८  १६:३८
1140x725

काठमाडौं– २०७८ वैशाख ८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध चलाउँदै आएको स्टिङ अप्रेसनसम्बन्धी मुद्दामा उक्त कार्य अवैधानिक भएको ठहर गर्‍यो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आफैं  पैसा दिएर गरिने यस्तो कार्यले वैधानिकता पाउन नसक्ने फैसला सुनायो। सर्वोच्चको यो फैसलाले पछिल्ला वर्षमा अख्तियारले भ्रष्टाचार मुद्दामा देखाउँदै आएको मुद्दाको अंकसँगै अनुसन्धानमाथि समेत प्रश्न उठाउने देखियो। त्यस्तै, विशेष अदालतदेखि सर्वोच्च अदालतमा विचाराधीन करिव १ हजार मुद्दा के हुने? भन्ने अन्यौल  पनि सिर्जना भयो। फैसला भएको करिब डेढ महिना (२०७८ जेठ ३१ गते) यसको पूर्णपाठ सार्वजनिक भयो।

पूर्णपाठमा स्टिङ अप्रेसनको प्रावधान खारेज भएसँगै त्यसका आधारमा विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन ५०० भन्दा बढी मुद्दाबारे कसरी फैसला गर्ने भनेर पनि उल्लेख गरियो। संवैधानिक इजलासले उक्त स्टिङ अप्रेसनसँग सम्बन्धित मुद्दामा अन्य तरिकाबाट पनि संकलन गरिएका प्रमाण हुने भएकाले सबैलाई सामान्य न्यायिक प्रक्रियाबाटै किनारा लगाउन भन्यो। तर, अधिकांशले अब स्टिङ अप्रेसन सम्वन्धी मुद्दालाई त्यही आधारमा दोषी ठहर गर्न नमिल्ने जिकिर गर्दै आएका थिए। 

यही चर्चा र चासोका बीचमा विशेष अदालतले अख्तियारको स्टिङ अप्रेसनपछि दायर भएको सप्तरी सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँको मुद्दामा सफाइ दिने आधार नदेखिएको भन्दै दोषी ठहर हुने फैसला सुनाएको छ। अख्तियारले वडाध्यक्ष मियाँविरुद्ध २०७६ वैशाख १६ गते अभियोगपत्र दायर गरेको थियो। सर्वोच्च अदालतले स्टिङ अप्रेसन खारेज हुने फैसला गरेपछि स्टिङ अप्रेसनकै आधारमा दर्ता भएको मुद्दामा विशेष अदालतले पहिलोपटक फैसला सुनाउँदै प्रतिवादीलाई दोषी ठहर गरेको हो। 

मुद्दा दर्ता भएको २ वर्षपछि विशेष अदालतले मियाँले २५ हजार घुस लिएको कुरा प्राप्त मिसिल र अन्य प्रमाणबाट पुष्टि भएकाले सफाइ दिन नसकिने ठहर गरेको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। 

‘प्रतिवादी सिल्टा मियाँ र वादी चलितर मण्डल धानुकका बीच भएको कुराकानीको अडियो रेकर्ड, अडियो स्कृप्ट राइटिङ, अदालत बयानबाट उनी दोषी देखिन्छन्,’ फैसलामा भनिएको छ, ‘उनले प्रतिवादीसँग जनप्रतिनिधिको रुपमा दिनुपर्ने सेवा प्रवाहका लागि रिसवत घुस लिने गरी वार्गेनिङ गरेको, पैसा लिएको र अन्य भ्रष्टाचारजन्य कार्य समेत गरेको देखिन्छ।’ 

विशेषले मियाँलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ३ अनुसार २८ दिन कैद र विगो बमोजिक २५ हजार जरिवाना हुने फैसला सुनाएको छ। 

जाहेरीवालाको उपस्थिति बिनै विशेषको फैसला 
विशेषले वडाध्यक्ष मियाँलाई दोषी ठहर गर्दा जाहेरबाला चलितर मण्डल धानुक बयान र अरु कार्यका लागि विशेष उपस्थित हुन सकेका थिएनन्। उनी रोजगारीको शिलशिलामा भारत गएकाले अख्तिायरले पेश गर्न नसकेको भनि इजलासमा जानकारी गराएको थियो। स्टिङ अप्रेसनको समयमा नेपालमै रहेका उनी रोजगारीका लागि भारत गएको र कुन स्थानमा बसेको र कहिले फर्कने भन्ने यकिन नभएको अख्तियारको विशेषमा दाबी थियो। विशेषले उक्त दाबीलाई स्वीकार गर्दै अदालतले जाहेरवाला उपस्थित हुने भन्दा जनप्रतिनिधिको रुपमा मियाँको कार्य भ्रष्टाचारजन्य हो कि हैन भनि ब्याख्या गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

अदालतमा पुगेको मिसिलमा वडाध्यक्ष मियाँले जग्गाको कार्य गर्नका लागि सिफारिस लिन गएका धानुकसँग घुस लिएको र उनलाई उक्त जग्गा पास गरेर ल्याएपछि केही हिस्सा दिनु पर्नेसम्मको कागज समेत गराएको बहसका क्रममा सरकारी पक्षले जानकारी गराएको थियो। वडाध्यक्ष मियाँले यस्तो कागजमा जग्गाको चार हिस्सामध्ये एक भाग दिनुपर्ने र त्यसको लाखौं  रुपैया हुने भएपछि जाहेरवालाले स्टिङ अप्रेसनको योजना बनाएका थिए। आफ्नो लाखौं रुपैयाँको जग्गा वडाध्यक्षलाई विना मेहनत दिनुपर्ने र त्यसका लागि उनले दोस्रो व्यक्तिको नाममा तमसुक समेत गराएपछि अख्तियारमा सूचना दिँदै धानुकले स्टिङ अप्रेसन गराएका थिए। जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि स्वतः सम्पादन गर्नुपर्ने उक्त कार्यका लागि उनले गरेको कार्य भ्रष्टाचारजन्य प्रवृति भएको भन्दै विशेषले कुनै पनि रुपमा यसबाट उन्मुक्ति हुन नसक्ने ठहर गर्दै दोषी ठहर गर्ने फैसला गरेको छ। 

विशेषमा स्टिङ अप्रेसनका ३११ मुद्दा विचाराधीन 
विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीका अनुसार विशेष अदालतमा स्टिङ अप्रेसनका ३११ थान मुद्दा विचाराधीन रहेका छन्। यी मुद्दाहरुमा यो फैसलाले ‘पक्कै पनि’ सहयोग गर्ने उनले बताए। सर्वोच्च अदालतको वैशाख ८ गतेको फैसलाले एउटा बाटो देखाएकाले अख्तियारले मुद्दा दर्ताका क्रममा पेस गरेका अन्य प्रमाणका आधारमा फैसला हुँदै दोषी ठहर हुने वा सफाई पाउने भन्ने निर्णय हुने उनले बताए। 

अख्तियारले अनुसन्धानका क्रममा संकलन गरेको प्रमाण, अदालतमा हुने बयान र अन्य प्रमाणका आधारमा अदालतले सफाइ दिने कि दोषी ठहर गर्ने निर्णय गर्ने यो फैसलाले देखाएको छ। विशेषमा विचाराधीन यी मुद्दाहरु अब धमाधम सुनुवाइमा जाने देखिन्छ। 

 

स्टिङ अप्रेसनपछि अदालतमा दर्ता भएका ५ सय मुद्दा सुनुवाइ गरेर फैसला हुने 

 

अख्तियारको ‘स्टिङ अप्रेसन’को वैधतामाथि फैसला सुनाउँदै सर्वोच्च

 

स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो?


 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
सम्बन्धित सामग्री
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्... आइतबार, वैशाख २७, २०८३
छाती त थापेकै छौँ, कसैलाई घरबारविहीन पार्ने छैनौँ : सभापति लामिछाने आइतबार सांसदहरूको प्रशिक्षणमा बोल्दै उनले अधिकार नपाएसम्म छाती नहटाउने स्पष्ट पारेका हुन् । आइतबार, वैशाख २७, २०८३
प्रचण्डले भने– कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता भइसकेको छ पेरिसडाँडामा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि आइतबार, वैशाख २७, २०८३
छाती त थापेकै छौँ, कसैलाई घरबारविहीन पार्ने छैनौँ : सभापति लामिछाने आइतबार, वैशाख २७, २०८३
प्रचण्डले भने– कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता भइसकेको छ आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्