काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता बढेको बताएका छन् ।
पेरिसडाँडामा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गर्दै दाहालले उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।