कञ्चनपुर– भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम सुरु गरेको छ।
नगरवासीलाई तरकारी खेतीतर्फ उन्मुख गराउन कार्यक्रम सुरु गरिएको हो। नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको छ।
कृषि विकास शाखाका प्रमुख नवराज जोशीले नर्सरीमा काँक्रा, फर्सी, लौका र तिते करेलाका ६० हजार बिरुवा उत्पादन गरिएको बताए। त्यसमध्ये नर्सरीमा काँक्रा र फर्सीका ३० हजार बिरुवा तयार गरिएका छन्।
नगरपालिकाका सबै वडाका किसानलाई व्यक्तिगत र समूहगत रुपमा नर्सरीमा उत्पादित बिरुवा दिन लागिएको छ। व्यक्तिगत रुपमा कम्तीमा चार र समूहलाई मागअनुसार बिरुवा वितरण गरिन लागेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।