काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा( एमाले समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आफैंसँग भएका नेतालाई पार्टी अध्यक्ष बनाउन सुझाव दिएका छन्।
शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेतालाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको अध्यक्ष नेपालको भनाइलाई लक्षित गर्दै भट्टराईले यस्तो सुझाव दिएका हुन्।
‘राम्रो कुरा हो, स्वागत गर्दछु,’ नेता भट्टराईले कुनै प्रसंग तथा कसैको नाम उल्लेख नगरी भनेका छन्, ‘आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।