भीमदत्तनगर– नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहयोगमा ६ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट बिहीबार उद्धार गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिइएको बताए। उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ।
बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ। उनले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।