राजविराज– सप्तरीमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए।
पक्राउ परेकाको साथबाट ६ वटा विद्युत मिटर, दुई वटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए।
पक्राउ परेकालाई विद्युत चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट १५ हजार ५ सय २ रुपैयाँ राजस्व तिराइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
केही दिनयता विद्युत चोरीको दर बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरण, राजविराजले ‘हुकिङ’ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।