काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा सुमन देवकोटा र सुवोध श्रीपाइलीबीच प्रतिस्पर्धा हुने भएको छ।
आगामी नेतृत्वका लागि देवकोटा र श्रीपाइली प्रतिस्पर्धामा उत्रिने भएका हुन्। काठमाडौंमा शनिबार सुरु भएको राष्ट्रिय भेलाबाट वाईसीएलको नयाँ नेतृत्व चयन हुँदै छ।
आइतबारसम्म चल्ने भेलाले नयाँ नेतृत्वमा देवकोटा र श्रीपाइलीमध्ये एक जना चयन गर्ने माओवादी केन्द्रका एक नेताले बताए।
'पार्टीले सकेसम्म नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्छ भनेको छ। यदि सर्वसम्मत रुपमा चयन हुन नसके पार्टीले कसलाई बनाउँछ भन्न सकिन्न,' ती नेताले भने, 'तर देवकोटा र श्रीपाइलीबाहेक अरु आउने सम्भावना छैन।'
कास्कीका देवकोटा अहिले वाईसीएलको उपाध्यक्ष छन्। रुकुमका श्रीपाइली हाल महासचिव छ्न्। नेतृत्वका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष बिरु तामाङले अब वाईसीएल छाड्ने निर्णय गरेकाले देवकोटा वा श्रीपाइलीमध्य एक जना नेतृत्वमा आउनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।