भीम आचार्य, मुख्यमन्त्री
काठमाडौं- प्रदेश १ मा नेकपा (एमाले)का १० जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लाग्ने भएका छन्। एमालेका ५१ सांसदमध्ये १० जना नवगठित पार्टीमा जान लागेका हुन्।
स्रोतका अनुसार एमालेका प्रदेश सभा सदस्यहरु राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, उपेन्द्र घिमिरे, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ र सुनिता चौधरी एकीकृत समाजवादी जाने भएका छन्।
यससँगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा पर्ने भएको छ। एमाले विभाजनपछि निवर्तमान मुख्यमन्त्री शेरधन राईको स्थानमा आचार्य मुख्यमन्त्री बनेका थिए। एमालेका ५१ मध्ये १० सांसद नयाँ पार्टीमा लाग्ने भएपछि उनको सरकार अल्पमतमा पर्ने निश्चित भएको हो।
आचार्यले गत बिहीबार मात्र मुख्यमन्त्रीको शपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।