काठमाडौं- नेकपा (एमाले)को माधव नेपाल समूहले मोरङ जिल्लामा बनाएको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ।
शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरिएको उक्त पार्टीका नेता वासिम आलमले जानकारी दिएका छन्।
एमाले दुई समूहमा विभाजित भएपछि नेपाल समूहले चन्द्रवीर राईको नेतृत्वमा मोरङ जिल्ला कमीटी गठन गरेको थियो। नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी औपचारिक रूपमा दर्ता भएपछि उक्त कमिटीलाई नयाँ पार्टीमा रुपान्तरण गरिएको हो।
नेपालपक्षले विभिन्न जिल्लामा गठन गरेका कमिटीहरुलाई एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।