काठमाडौं- बाँकेको जानकी गाँउपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ।
केही समययता अस्वस्थ रहेका यादवको शनिबार विहान १ बजे उपचारका क्रममा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।
मिर्गौलासम्बन्धी समस्याको उपचार जारी रहँदा उनको नेपालगञ्जस्थित अस्पतालमा निधन भएको हो।
यादव गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।