काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको छ। पार्टी निर्माण भएलगतै सरकारमा जाने घोषणा गरेको उक्त पार्टीले पहिलोपटक स्थायी कमिटीबाट निर्णय गरेको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपक्षले एमालेमा हुँदा नै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। नेपालले आफ्नो नेतृत्वमा पार्टी निर्माण गरेपछि सरकारमा जाने आधिकारिक निर्णय गरेको हो।
अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। दिल्लीमा उपचाररत खनाल जुममार्फत् बैठकमा सहभागी भएका थिए।
एकीकृत समाजवादीले सरकारमा सात जना मन्त्री दाबी गरेको ती नेताले बताए। सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डामा कुरासमेत मिलिसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।