मोरङ- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार मात्र मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका आचार्यले शुक्रबार आफ्नो मन्त्रिपरिषद्मा दुईजना मन्त्री नियुक्त गरेका हुन्।
एमालेका प्रदेश सभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई उनले मन्त्री बनाएका हुन्। उनीहरुले शुक्रबार प्रदेश प्रमुख सोमनाथ प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
आचार्यको मन्त्रिपरिषद्मा तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ताप्लेजुङका साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरु दुवैजना यसअघि माधव नेपालपक्षमा थिए। नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उनीहरु एमालेमै बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।