• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

पूर्वका गोठाले–ढाक्रे लोकगीत : न रहे गोठाला र ढाक्रे, न त सुनिन्छन् लाेकभाका

64x64
बुलु मुकारुङ शनिबार, भदौ १२, २०७८  ०७:००
1140x725

गाई चरनैमा 
सुन्तला बोकी 
जाऊँ धरानैमा

यो पूर्वतिर गाइने एक प्रकारको लोकभाका हो। यसको छुट्टै विशेषता छ। विभिन्न भेक–भूगोल अनुसार धेरै प्रकारका लोकगीत गाइन्छ।

नेपालमा कति किसिमका लोकगीत होला? वा विश्वभरि के–कस्ता खालका लोकलय होलान्? यो एउटा जिज्ञासा हो। यो अथाह कुरा पनि हो। संसारमा जति मानिस छन् उति नै संस्कृति बन्न सक्छन्। जति भाषा र बाजागाजा छन् उति नै प्रचलन–परम्परा छन्। सभ्यता–संस्कृतिका मुख्य दुई पाटा छन्– लोकसंस्कृति र आधुनिक संस्कृति। अहिले दुवैको विस्तार भइरहेको छ।

यस लेखको मुख्य ध्येय हो, लोकसंस्कृतिको विषय–वस्तु उठान गर्ने। लोकसंस्कृतिभित्र पनि लोकलय वा भाकाहरूको कुरा उठाउने, उराल्ने र उराहा लगाउने। त्यसमध्येमा पनि पूर्वको पहाडी भेक–भूगोलमा पाइने ढाक्रे–गोठाले लोकभाकाबारे विषय बिस्तार गर्ने। लाग्न सक्छ, के हो ढाक्रे वा गोठाले भाका? यस प्रश्नको उत्तर क्रमशः आउने छ। 

पान्धारे चौकी 
छेउकुना माया 
कोही लाउने छौ कि

लोकगीतले कुनै पनि लोक जनजीवनको मुहार प्रदर्शित गरेको हुन्छ। अर्थात्, लोकगीतले लोकजीवन–चक्रको सम्पूर्ण बखान गर्नुका साथै समय, सभ्यता र संस्कृतिको इतिहास ओकलेको हुन्छ। 

लोकगीतमा लोकजीवनको सम्पूर्ण चरित्र उल्लेखित हुन्छ। यस अर्थमा लोकगीत जीवनको शास्वत प्रतिबिम्ब नै हो। आम ग्रामिण सामाजिक जीवनको सङ्गीत हो। 

वैशाखे चिउला
हिलेकी नानीलाई 
यो जोवन दिउँला

nimb
nimb

लोकगीतको उम्रौली भूमि लोकजीवन नै हो। गाउँ–बस्ती वा खोँच–कन्दराहरू नै हुन्। अर्थात्, भौतिक परिवेश नै हुन्। यसका आफ्नै शैली, ढाँचा र पारा–परम्परा हुन्छन्। भाका, लय र शब्दावली हुन्छन्।

तथापि, मूल–स्रष्टा हुँदैन र यसलाई आम जनजीवनले लोकगीत भनी ल्याएको हो। लोकको अर्थले भौतिक परिवेश, ग्रामीण जीवनशैली वा नितान्त अविकसित अनि निरक्षर जनजीवनलाई ओगटेको देखिन्छ। नेपाली लोकगीतको मूलस्रोत पनि यिनै ग्रामीण बस्तीलाई मानिएको छ। लोकगीतलाई सभ्यता उन्मुख लोकसंस्कृति भन्दा अत्युक्ति हुँदैन। 

दाइ कोटे कोटे 
म बूढो होइन
दाँत मात्रै थोते 

माथि उल्लिखित लोकगीतको संरचनामा तीन फाँकी छन्। र, कुनै लोक गलाले गाउँदा सोहीअनुसार तीन तहले प्रस्तुति गरेको देखिन्छ। गोठाले लोकगीत एकल, युगल अथवा समूहमा पनि गाउन सकिन्छ।

गोठाले लोकगीत झट्ट हेर्दा जापानी शैलीको हाइकु जस्तो लाग्‍छ। गोठाले लोकगीतमा शब्दको संरचना स्वतन्त्र हुन्छ। तर, हाइकुमा पाँच–सात–पाँच अक्षर हुनैपर्छ। यसले यी दुवै विधा फरक भएको प्रष्ट हुन्छ। लोकगीत गाइन्छ भने हाइकु वाचन गरिन्छ। 

गाईको नाउँ गौरी 
घुमेर आऊ है 
रस लिने मौरी

यस लेखमा उद्धृत गरिएका लोकगीत पूर्वाञ्चलका भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा आदि पहाडी जिल्लामा पाइने लोकगीतकै नमूना फाँकी हुन्। 

हास्य र यथार्थको गरुङ्गो भारी बोकेको लोकगीत सामान्य क्षणमा केही पनि देखिँदैन। तर, नर–नारीले जुहारी सम्वाद शैलीमा गाउँदा उठानमा श्रोता–दर्शक वा परिवेशको माहौल तताउन र गायक पक्षले गायिका पक्षलाई आफूतिर ध्यानाकर्षण गराउन प्रभावकारी हुन्छ। गोठाले लोकगीत त्यस्तामा प्रयोग गर्ने लोकगीतको एउटा अंश, टुक्का वा हरफ हो। गोठाले लोकगीतमा बाजागाजाको दरकार पर्दैन। लयात्मक हुँदाहुँदै पनि स्वतन्त्र हाक्पारा शैलीमा गाइन्छ। तर, हाट–बजार वा रात–राँकेमा भने कतैकतै मादल, मुरली पनि बजाउने गरिन्छ।  

गाईलाई घाँस–पराल
यो दाइको कुराले 
मन उराल–बराल

गोठालो जाँदा, दाउरा–घाँस काट्न जाँदा गाइने हुनाले यस क्षेत्रमा यस्ता लोकगीतलाई गोठाले गीत भन्ने प्रचलन छ। ढाकर बोकेर भरियाहरूले गाउँदै हिँड्ने हुनाले यसै गीतलाई ढाक्रेगीत पनि भनियो। हिजोआज ढाक्रे परम्परा पूर्वाञ्चलमा लोपै भइसक्यो भन्दा हुन्छ। प्रायः पहाडी भूभागमा मोटर बाटो पुगिसक्यो। विकासले लोकसंस्कृतिलाई छिमल्दै लाने रहेछ भन्ने पनि देखियो। 

मेलापात अर्थात्, खेती खोरियामा पनि यस प्रकारका लोकलयले स्थान पाएको देखिन्छ। कतैकतै हाट–बजारमा र विशेष गरेर रातभरि लाग्ने राँकेबजारमा यी भाका गुञ्जयमान हुन्छन्। खास गरेर युवावर्गले जुहारीका रूपमा ख्याल–ठट्टा गर्दै गाइने गोठाले लोकगीत पूर्वाञ्चलको पहाडी क्षेत्रमा अहिले पनि प्रचलित छ। 

बाँसैको चोइटा 
ख्याल ठट्टा गर्दा 
रिसाउछन् कोही त

गोठाले लोकगीत सर्वकालिक लोकभाका हो। बाह्रैमास गाउन सकिने भए पनि ऋतुअनुसार भाका वा लयमा भिन्नता आउँछ। लोकशब्दले पनि समय, काल र ऋतुलाई प्रतिनिधित्व गरेको देखिन्छ। 

मोटर गुड्ने सडकमै जीवनयापनका लागि बस्दा पनि कुनै आयस्ता नभएपछि निरासाका स्वर आफ्से आफ लोकलयमा गाइन्छन्। यी लोकगीत २०३० सालपछिको उत्पादन हुनसक्छ। किनकी धरान–धनकुटाको सडक त्यहीबेला बन्न थालेको हो। यस लोकगीतले मजदुरीसँग पनि सम्बन्ध राख्दछ। 

कागती सर्वत
धनकुटे रोडमा 
जिन्दगी बर्वाद

कुनै–कुनै लोकगीत राई–बान्तवा भाषामा पनि पाइन्छन्। कुनै-कुनै पहिलो हरफ नेपाली भाषामा र दोस्रो हरफ बान्तवा भाषामा छन्। पूर्वाञ्चलका अधिकांश जिल्लामा राई–लिम्बूको बस्ती रहेकाले स्थानीय भाषामा यस प्रकारका लोकभाका गाइएका हुन्। 

प्रायः दशैँ–तिहारका बेला रोटे वा लिङ्गे पिङमा भेला हुने युवा–युवतीले आफ्नो भाग्य बनाउने युवा र घर धान्ने युवतीको खोजीमा रहेका बेला पनि लोकलय गाउने गरेको पाइन्छ। 

गाईले घाँस खाने 
तुरुकदा मान्नुङ 
बल मामुदाने

नेपाली अर्थ– भाग्यमै छैन, बल नगर न।

यसैगरी सोधनी अथवा घर कहाँ हो के थरी हो भन्ने अर्थमा पनि लोकगीतबाटै बोल्ने गरिएको पाइन्छ। किनभने बिहेबारीका लागि घर, थर र नाता अथवा साइनो लाग्ने भयो भने सम्बन्ध अगाडि बढ्दैन। त्यसैले लोकभाकामा ती सवाल–जवाफ हुन्छ। 

चावा बलेसी 
आम्नो खिम खाडा 
उङको हलेसी

यसको सिधा अर्थ...

पानी बलेसी 
तिम्रो घर कहाँ हो
मेरो हलेसी

पूर्वाञ्चलको ढाक्रे लोकसंस्कृति वा परम्परा हिजोआज विस्थापित हुँदै गइरहेको देखिन्छ। यसको मुख्य कारण माल–सामान ढुवानीका लागि भेडा, बाख्रा, घोडा आदिको उपयोग, मोटर बाटो बन्नु र पश्चिमाञ्चल गण्डकी भेगका गधा–खच्चड भरिया परम्परा पूर्वका खोटाङ, सोलु, भोजपुर तथा धनकुटा–तेह्रथुम क्षेत्रमा प्रचलनमा आउनु नै हो। साथै मलेसिया, अरब आदि मुलुकमा रोजगारीका सिलसिलामा युवावर्ग पलायन हुनु पनि यसको कारण हो। 

वर्षायाम लाग्नुअघि पहाडबाट ढाक्रेहरूका हुल नुन–तेल लिन धरान–चतरा, बेल्टार–कटारी, दमक–बिर्तामोड जाने गर्दथे। जाँदा–आउँदा हप्ता–पन्ध्र दिन लाग्थ्यो। कतै उकालो त कतै ओरालो अनि कतै अक्कर त कतै बगरमा हिँड्नु पर्ने हुनाले पनि ती ढाक्रेहरू यस्तै तीन फाँके लोकगीत गाएर बाटो कटनी गर्दथे। 

कुख्राको भाले 
घर खाने केटी 
ल्या भन्थे बाले

गीत गाएको सुरमा थकान बिर्सिने र हिँडाइ निरन्तर हुने हुनाले पनि ढाक्रेहरूले यी भाका गाएका हुन्। भाकामा माया–मैतालु, बिछोडिएका घर–परिवारको साइनो–सम्झना अनि आफ्ना गाउँघर आदिको उल्लेख हुने गर्छ। यसले पनि ढाक्रे लोकगीत भनिएको हो। एक पक्षले अर्को पक्षलाई प्रशंसा पनि गरेको हुन्छ– 

पटुकी फन्को 
बैनीको स्वर त 
काँशैको रन्को

ढाक्रे प्रचलनले गोठाले लोकगीत वा भाका–लयलाई खोटाङ–भोजपुर भेगबाट घरान–उदयपुर वा झापा–मोरङ आदि स्थानमा पुर्‍याउने वा संस्कृतिकरण गर्ने गरेको देखिन्छ। बसाइ–सराइको परम्पराले पनि लोकगीतका लय–भाका फेरिँदै अरु नै स्वरूपमा रुपान्तरित भएको छ। ढाक्रे जो तिनले हिँडेका गौडा–गल्छेडा र गोहो–गोरेटो साथै कोशी प्रस्रवण क्षेत्रमा गोठालो संस्कृतिसँगै गोठाले लोकगीतले विस्तारित हुने मौका पाएको हो। 

गाई हिँड्ने गोहो  
त्यो पारि बसेर 
गीत गाउने को हो ? 

गाउँघरमा मात्रै सिमित गोठाले लोकगीत ढाक्रेहरूले जहाँ–जहाँ पाइला राखे, जहाँ बास बसे, ती ओडार, अक्कर, बगर वा बाटो वन–कुञ्जमा भाका हाल्दै हिँडे। ती भाका सुनेर अर्काले आफ्नो बनायो र गायो। गाउँदै गयो अनि त्यही लय–भाकाले त्यस भेगमा लोकगीतको सह बसायो। लोकलयको संस्कृतीकरण हुँदै गयो। साथै एकबाट अर्कोमा लोकभाका सर्दै जाँदा परिवर्तन पनि हुँदै गयो। लय, भाका लामो वा छोटो हुँदै गयो। लोक टुक्का पनि फेरिँदै जान थाल्यो।   

तर, हिजोआज ढाक्रे, गोठाले लोकसंस्कृति लोप हुने–हराउने क्रममा छ। गोठ र गोठाले लोकसंस्कृति पनि विस्थापित हुँदैछ। उकाली, ओराली र देउरालीमा हिँड्ने ढाक्रेहरू छैनन्। पहाडका हरिया नागीमा हुलमा चर्ने भेडा–च्याङ्ग्रा अब हराउने क्रममा छन्। मानिसहरू विकास र समृद्धि खोज्न थालेका छन्। 

विकासले बिनास पनि निम्त्याएको देखिन्छ। गोठाले वा ढाक्रे जे भने पनि लोकगीत नेपाली लोकजीवनको महत्वपूर्ण र अमुल्य लोकसंस्कृति हो। लोकसम्पदा हो। 

उदायो ध्रुव
जुरुक्क उठी 
हिँडिन्छ पूर्व

पूर्वाञ्चलभरिमा पाइने यसप्रकारका लोकलयमा पनि विविधता पाइन्छ। खोटाङ–सोलुतिर बिलम्बित लयमा, भोजुपर, संखुवासभा, तेह्रथुम, धनकुटा आदि क्षेत्रमा मध्य–विलम्बित लय र द्रूत लयमा समेत यो लोकभाका गाउने गरिन्छ। हिजोआज यी भाकाहरू बिस्तारै विलुप्त हुँदैछन्। गोठाले, दाउरे–घाँसे वा ढाक्रे नामले चिनिने मौलिक नेपाली लोकलय विस्थापित हुँदैछन्। 

कतिपय ऋतुकालीन, मौसमी लोकगीत, चाडपर्व वा खोतीपातीसँग आवद्ध लोकलयहरु हराइ नै सके भन्दा हुन्छ। सामाजिक प्रचलन, परम्परा, जन्म, पास्नी, छेवर, ब्रतबन्ध वा बिहेबारीमा गाउने केही लोकभाका बिलुप्त भइसकेका छन्। केटाकेटी सुताउने लोरी पनि हिजोआज लोप भइसक्यो। यो सांस्कृतिक क्षति केवल एक जाति, समूह वा समाजको मात्र होइन समग्र मुलुकको पनि हो। किनकी कुनै पनि राष्ट्रको लोकलय, भाका वा लोकगीतहरू संरक्षण, प्रबर्द्धन र सम्बर्द्धनको पखाइमा जहिले पनि रहन्छन्। त्यसलाई लिपिवद्ध गरेर होस् या खोज–अध्ययन गरेर होस्, उजागर गर्दै लानु नै आजको आवश्यकता हो। 

गाईको नाउ तारी 
छुट्टिने बेला 
जै बिदावारी

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्