काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे गृहमन्त्रालयमा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बस्न लागेको हो।
वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बस्न लागिएको गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए।
चारवटै सुरक्षा निकायका पदाधिकारीसँगै विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका कर्मचारी पनि बैठकमा उपस्थित हुनेछन्।
विपदपछि कसरी अगाडि बढ्ने भन्ने धारणा बैठकले बनाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।