काठमाडौं- संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बसेको भन्दै प्रश्न उठेको छ।
शुक्रबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटमाथि जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि प्रश्न उठेको हो।
राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमामा जारी बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश समेत विपक्षी बनाइएको रिटमाथिको सुनुवाइमा राणा बसेको भन्दै प्रश्न उठाएका थिए।
अर्यालले विपक्षी बनाइएको मुद्दामा प्रधानन्याधीशनै बस्नु उपयुक्त नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।