काठमाडौं- ओपोले ‘स्मार्ट टेक्नोलोजीः इम्पावरिङ इकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिंगमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१ मा सहभागिता जनाएको छ। एक्स्पोमार्फत् ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्यास चार्जिङ सिरिज, इन-कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शन गरेको थियो।
‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितिमासमेत सवलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा इन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो क्षेत्रमा हाम्रो रणनैतिक तैनाथीमा निरन्तर सफलता हात पार्दै गइरहेको छ,’ ओपोको स्मार्टफोन प्रडक्ट्सका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले भने , ‘नयाँ म्याग्नेटिक फ्ल्यास चार्जिङ र इन-कार कनेक्टिभिटी टेक्नोलोजिजका माध्यमबाट उपाभोक्ता अनुभवलाई हरसम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौँ।’
एचर चार्जिङ र म्यागभोक फ्ल्यास चार्जिङ
एक्स्पोमार्फत् वायरलेस एयर चार्जिङ प्रविधिका साथै ओपोले पहिलोपटक आफ्नो म्यागनेटिक फ्ल्यास चार्जिङ प्रविधि- द ओपो म्यागभोक सिरिज पनि प्रदर्शन गरेको थियो।
नयाँ सिरिज मातहत फोन र चार्जरबीच सटिक पंक्तिबद्धताको सुनिश्चितता प्रदान गर्ने म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर बैंक पनि सम्मिलित छ। त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको म्यागभोक अल्ट्रा-थिन फ्ल्यास चार्जरपनि प्रदर्शन गरिएको थियो। यी दुवै उपकरणका डिजाइनले उत्पादनलाई सहज पोर्टेबिलिटीको गुण उपलब्ध गराउने कम्पनीले जनाएको छ।
स्मार्ट इन-कार फोन कनेक्टिभिटी क्षमता
ओपोले डिजिटल कार की ओपो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, इन कार फ्ल्यास चार्जलगायत इन-कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शित गरेको थियो।
डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्ल्युटुथमार्फत् सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउँछ। यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।