काठमाडाैं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेट हुने भएको छ।
आसन्न महाधिवेशनका विषयमा छलफल गर्ने गरी भेट तय भएको बताइएको छ। दुई शीर्ष नेताको भेट निश्चित भएको जानकारी नेता मीनेन्द्र रिजालले जानकारी दिएका छन्।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले छलफलका लागि पौडेललाई समय दिएका छन्। दुई शीर्ष नेताबीच छलफल हुने समयको भने यकिन नभएको बताइएको छ।
क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै पौडेल पक्षीय जिल्ला सभापतिहरु अनसन बसिरहेको बेलामा उनले पार्टी सभापतिलाई भेट्न लागेका हुन्।
महाधिवेशनका गर्नका लागि भएका व्यावहारिक कठिनाइ अन्त्य गर्ने सन्दर्भमा दुई नेताबीच वार्ता हुने भएको छ। पार्टीले ३८ जिल्लाको क्रियाशील सदस्यता टुंगाएर नामावली प्रकाशित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।