• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालले कसलाई बनाउलान् नयाँ पार्टीको महासचिव ? 

64x64
नेपाल लाइभ बिहीबार, भदौ १०, २०७८  २२:४२
1140x725

काठमाडौं- नेकपा एमालेबाट विधिवत् रुपमा विभाजन भएर आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले बिहीबार पहिलो पत्रकार सम्मेलन गरे। त्यसक्रममा उनले पार्टीले अब समात्ने बाटो कस्तो हुन्छ, विचार र कार्यदिशा के हुन्छ लगायतका सवालमा आफ्नो धारणा प्रष्ट्याउने प्रयत्न गरे। आफूले एमाले छाडेर नयाँ पार्टी गठन गर्नुको औचित्य प्रष्ट्याउने क्रममा उनले नयाँ पार्टी एमालेभन्दा फरक के हुन्छ भन्नेबारे पनि कैयौं प्रश्न सामना गर्नुपर्‍यो।

निर्वाचन आयोगले बुधबार मात्र नेपाल नेतृत्वको पार्टीलाई वैधानिकता प्रदान गर्दै दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसपछि नेपालले पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत् आफ्ना धारणा प्रष्ट्याउने प्रयास गरेका हुन्। वैचारिक रुपमा नयाँ पार्टी कस्तो होला भन्ने स्पष्ट हुन अझै बाँकी नै छ। तर, एउटा चर्चा भने सुरु भइसकेको छ। 

त्यो हो, नेपालले पार्टी हाँक्ने नेतृत्वको टिम अर्थात् स्थायी कमिटी कस्तो बनाउलान्? त्यसमा ल्याइने अनुहार को को होलान्? अनि पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा उनले कसलाई अगाडि सार्लान्? सबभन्दा पहिले नेपालले पार्टी हाँक्ने टिम कस्तो बनाउँछन् भन्ने कुराले नै यो पार्टीका अगाडिका दिनको संकेत गर्ने धेरैको बुझाइ छ। 

चर्चा महासचिवको
अहिले धेरैका आँखा माधव नेपालतिर सोझिएका छन्, उनले महासचिव कसलाई बनाउलान् भनेर। कम्युनिष्टका रुपमा आफूलाई चिनाउने पार्टीमा अध्यक्षपछि महासचिव पद नै कार्यकारी र शक्तिशाली हुने भएकाले पनि यस्तो चर्चा अस्वाभाविक होइन। 

नेकपा (एकीकृत समाजवादी)मा एमालेबाट आएका नेपाल र झलनाथ खनालबाहेक एमालेमा रहँदाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्र छन्। एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेबाट राजीनामा दिएर नेपाललाई साथ दिने चर्चा चलेपनि गौतम अहिलेसम्म त्यो निर्णयमा पुगिसकेका छैनन्। यस विषयमा निर्णय गरिनसकेकाले औपचारिक रुपमा गौतम अहिले पनि एमालेमै छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसबाहेक, यसअघि एमालेमा हुँदा रहेका पदाधिकारीहरुले नेपाललाई साथ नदिएकाले स्थायी कमिटी वा केन्द्रीय सदस्यहरुबाटै नयाँ पार्टीको महासचिव चुनिने निश्चित जस्तै छ। 

महासचिवको जिम्मेवारी पार्टीमा महत्वपूर्ण हुन्छ नै, सँगै अरु कैयौं कुरा पनि त्यसमा आवश्यक हुन्छन्। एक हिसाबले भन्दा संगठन हाँक्ने पद नै महासचिव हो। त्यसका लागि नेकपा (एकीकृत समाजवादी)मा विधान, सांगठनिक संरचनालगायत पार्टी दर्ता हुँदा सबैभन्दा धेरै खटिएका स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले महासचिवको जिम्मेवारी पाउन सक्ने सम्भावना धेरै रहेको एक केन्द्रीय सदस्यले बताए। ‘पार्टीका पुराना र वैचारिक नेता भएकाले भुसालले इच्छा नदेखाएपनि पार्टी नेताहरुले त्यो रुपमा हेरेका छन्’, उनले भने।

अर्का एक नेताले पाण्डेले अहिले नै पनि पार्टीको महासचिवको जस्तै भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, ‘तर, उहाँलाई पाँचदलीय गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी भईरहेको छ। त्यसो भएमा उहाँ महासचिव र मुख्यमन्त्री दुबै हुन सक्नुहुन्छ, तर यी दुबै पद एकै व्यक्तिलाई बोझ हुनसक्छ। उहाँ मुख्यमन्त्री बन्ने स्थिति नभएमा महासचिव बन्ने सम्भावना उहाँकै धेरै छ।’  

यसबाहेक केन्द्रीय सदस्यहरु गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडाले समेत आफूलाई महासचिव पदको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन्। तर, त्यो चरणमा प्रवेश नभएकाले कसैले औपचारिक रुपमा मुख खोलेका छैनन्। बरु, नेपालको अडानमा निरन्तर साथ दिएकी केन्द्रीय सदस्य रामकुमार झाक्रीलाई महासचिव बनाउन कार्यकर्ता र सुभेच्छुकहरुले मुखर भएरै आवाज उठाइरहेका छन्। सञ्चारमाध्यममा झाँक्रीलाई कार्यकारी भूमिकासहितको महासचिव बनाउन दबाब दिएर लेख प्रकाशन हुनथालेका छन्। 

२०६२/६३ को जनआन्दोलनदेखि नै आफूलाई फरक भूमिकामा उभ्याएकी झाँक्री नयाँ पुस्ताको जुझारु नेताको रुपमा चिनिन्छिन्। तर, उनलाई महासचिवका रुपमा हेर्न चाहनेको पंक्ति कार्यकर्ता र सुभेच्छुकको मात्र छ। जबकि, नेताको पंक्तिले नै नचाहँदासम्म यो सम्भव हुनेछैन। त्यसमाथि उनलाई महासचिव बनाउँदा क्रमभंग गर्नुपर्ने भएकाले नेपालले त्यो आँट गर्ने सम्भावना निकै कम रहेको नेताहरु नै बताउँछन्। 

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अहिले पार्टी महासचिव भन्दा स्थायी कमिटी बनाउने पहिलो प्राथमिकता बन्ने बताए। ‘अहिले स्थायी कमिटीमा २ जना मात्रै हुनुहुन्छ। त्यसैले माधव कमरेडले स्थायी कमिटी पहिला बनाउनु हुन्छ होला’, खतिवडाले नेपाल लाइभसँग भने, ‘त्यसपछि स्थायी कमिटीबाट एक जनालाई महासचिव बनाउने परिस्थिति बन्न सक्छ।’
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्