• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'कार्ल मार्क्सले पनि आफ्नो पार्टीबाट विद्रोह गरेका थिए'

माधवकुमार नेपाल  बिहीबार, भदौ १०, २०७८  २०:२०
1140x725

सबैलाई जानकारी नै होला, नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन विश्वको कम्युनिष्ट आन्दोलनमै पार्टी गठन र पुनर्गठन चलिरहेको छ। कसै–कसैलाई के लागेको हुनसक्छ भने पुरानो पार्टीबाहेक अरु बनाउन सकिँदैन। राजतन्त्र हटाउन पनि सकिँदैन भन्ने लागेको थियो होला। नेपाली जनताको हितका लागि नयाँ यात्रामा जान लागेका छौं। अप्ठाराहरुलाई पन्छाएका छौं। सफलताको शिखरमा पुग्ने बाटो बनाएका छौं। 

२०१४ सालपछि पनि विद्रोह गर्नुपर्ने अवस्था थियो। पुष्पलाल श्रेष्ठले विद्रोह गरी अर्को पार्टी गठन गरेर क्रान्तिकारी धार बचाउनुभयो। कम्युनिष्ट पार्टी अहिलेसम्म त्यही धारमा रहेको छ। म र वेदुराम भुसाल पनि त्यही पार्टीमा थियौँ। मदन भण्डारी, जीवराज आश्रित, वामदेव गौतम र मोदनाथ  प्रश्रित यही पार्टीमा थिए। 

हामीले कम्युनिष्टको एकता केन्द्र जस्तो पार्टी बनाएका थियौं। हामी मुल र संस्थापक नेताले महत्वपूर्ण भूमिका निभाउँदै कोके (को–अर्डिनेसन केन्द्र) को काम गरेका थियौं। झलनाथ खनालले पनि यसमा काम गर्नुभयो। उहाँ दिल्लीमा उपचाररत रहनु भएको छ। हिजोमात्र हामीले उहाँको सम्बोधन र समर्थन पाएका छौं। उहाँले पार्टीप्रतिको पूर्ण प्रतिबद्धता र विश्वास जाहेर गर्दै केपी ओलीको दक्षिणपन्थीविरुद्ध संर्घषमा लाग्ने भन्नु भएको छ। 

वामदेव गौतमले पनि हाम्रो पार्टीलाई उत्साह दिनुभएको छ। केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भास र व्यक्तिवादी अहंकारको रुपमा सुरु गरेपछि, जबजको सवै मूल्य–मान्यता तिलाञ्जली दिएपछि हामीसँग विद्रोहबाहेकको विकल्प नभएकाले यो पार्टी गठन गरेका हौं।

माओवादी केन्द्र पनि विद्रोह गरेरै नयाँ शक्तिको रुपमा उदाएको हो। विश्वमा यस्तै भएको छ। कार्ल मार्क्सले आफ्नै पार्टीवाट विद्रोह गरेका थिए। अवसरवादी हाबी भएपछि पार्टी विघटन गरेर क्रान्तिकारी धार सुरु गरेका थिए। हिम्मत नभएकाहरु यत्तिकै लतारिन्छन्। अरुको पछि लाग्छन्। तर, क्रान्तिकारी चेत भएकाहरु आन्दोलन सृष्टि गर्ने पवित्र उद्देश्य राखेर नयाँ पार्टी निर्माणमा लागेका हुन्छन्। यो पार्टीलाई अब क्रान्तिकारी रुपमा लैजाने हो। हाम्रा देशभरका कार्यकर्तालाई यही रुपमा लैजान चाहेका छौं। जिल्ला र प्रदेशका कार्यकर्ताले केपी ओलीको समूहबाट विद्रोह गर्नुभएको छ। एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्न थाल्नु भएको छ। म सबैलाई स्वागत गर्छु।

म सबै वडा तहदेखिका कार्यकर्तालाई आग्रह गर्छु कि, दक्षिणपन्थी भासमा लागेका केपी ओली पक्ष छोडेर आउनुस्। विभाजन हुँदा खुशीयाली मनाउँदै भोज भतेर गर्ने, संसद विघटन गरेर प्रतिगमनको कदम चाल्ने र इतिहासमै बदनाम हुने काम केपी ओलीले गरेका छन्। दक्षिणपन्थी सोचका र पार्टी विघटन गर्ने व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी पार्टीमा आउन म सबैलाई आग्रह गर्दछु। 

तपाईंहरु सबैलाई थाहा छ, केपी ओली नवौँ महाधिवेशनबाट निर्वाचित भएका हुन्। केपी ओलीले झिनो मतले जितेको भए पनि आफूलाई सर्वशक्तिमान ठान्नु भयो। पार्टीमा कार्यकर्तालाई भेदभाव गर्नुभयो। आफ्नो प्रशंसा गर्नेलाई च्याप्ने र व्यक्तिप्रतिको समर्पण मात्र केपी ओलीले खोज्नु भयो। पार्टीको जिम्मेवारी चलाउन योग्य छन् कि छैनन् खोज्नु भएन। पार्टी मृतप्रायः भइसक्दा पनि वहाँ ती भक्तिगान गर्नेहरुको झुन्डमा मात्र रमाउनु भयो। 

यो सबैले पार्टीभित्र उकुसमुकुस भयो। अनि हामीले नयाँ रुपमा जाने सोच बनाएर राष्ट्रिय कार्यकर्ता भेला गर्दै विगुल फुकेको हो। तर, लामो आन्दोलनमा जादाँ कोही थाक्ने रहेछन्, बीचमै उनीहरु अलग हुने रहेछन्। गएको चैत ४ र ५ गते भएको राष्ट्रिय भेलाको जुन चाहना र भावना हो त्यसलाई आत्मसाथ गरेर देशभर संगठनको सञ्जाल फैलाएका थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशदेखि केन्द्रीय कमिटी गठन गर्दै हामी फेरी नयाँ रुपमा आएका छौं। उतिखेरै हामीले पार्टी खोल्ने थियौं। त्यो आवाज पनि आएको थियो। किन हामीले सकेनौं भने जनताबाट निर्वाचित भएका हजारौं कार्यकर्ताबारे सोच्नुपर्ने भयो। जिल्ला, पालिका, नगर हुँदै प्रदेश र संघीय संसदका कार्यकर्ताको भविष्यको चिन्ताले तत्काल अर्कै पार्टी खोल्ने दिशामा अघि बढ्न नसकेको हो। हामीलाई साथ दिएका साथीहरुले अनेक पार्टी दर्ता गर्नु भएको थियो। तर, अहिले परिस्थिति फरक भयो।

अहिले संवैधानिक र कानुनी अनुकूलता भएपछि केपी ओलीको कब्जाबाट उम्कन यो निकास निकालेका हौँ। आन्दोलनको रक्षा गर्नका लागि, आन्दोलन जोगाउन र नयाँ उचाइमा पुर्‍याउने, जनताका समस्या सम्बोधन गर्ने, नयाँ परिस्थिति सिर्जना गर्ने महसुस गरेरै यो कदम चालिएको हो। 

हामी पुरानो बाटोमा जादैनौँ। केपी ओलीले बनाएको बाटोभन्दा भिन्न हुने छ। जबजको बाटो आत्मसाथ गरेर अघि बढ्ने छौं। समाजवादको यात्रा कस्तो हुने छ भन्ने यो पार्टीले देखाउने छ। 

तत्कालीन समयमा मेरो सहयोद्धा रहेका साथीप्रति केही गुनासो छैन। यात्रा निरन्तर जारी छ। कार्यकर्ताको भावना र जनताको माग के हो भनेर क्रान्तिकारीहरुले बुझ्नुपर्छ। यही चेतका साथ हामी अघि वढेका छौं। हामी पुरानो बाटोमा जादैनौँ। केपी ओलीले बनाएको बाटोभन्दा भिन्न हुने छ। जबजको बाटो आत्मसाथ गरेर अघि बढ्ने छौं। समाजवादको यात्रा कस्तो हुने छ भन्ने यो पार्टीले देखाउने छ। 

यो पार्टी कुसंस्कारी र एउटा नेताको प्रशंसामा लागेको भजनमण्डली हुने छैन। कसैको फोटो राख्ने र आरती उतार्ने काम हुने छैन। क्रान्तिकारी आर्दश र उच्च नैतिकताले सु–शोभित पार्टी हुनेछ। यो पार्टीले नयाँ समाजवादको सुरुवात गर्ने छ। २००६ सालमा स्थापना भएको नेकपाको क्रान्तिकारी विरासतलाई लिएर अघि बढ्ने छौं। हामी मार्क्सवाद र लेलिनवादको सिर्जनात्मक प्रयोग गर्ने छौं। 

आजसम्म राज्यसत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको छ। हामी त्यसबाट जोगिने छौँ। कोही पनि कार्यकर्ता नफसुन् भनेर हामी सचेत हुने छौँ। हामी पनि रुपान्तरण हुने छौँ र जनतलाई पनि रुपान्तरण गर्नेछौँ। युवाशक्तिलाई विशेष ध्यान दिने छौँ। उनीहरुको भूमिका महत्वपुर्ण छ। युवाहरुलाई सक्षम बनाउन केन्द्रित हुनेछौँ। 

हामी पञ्चशीलको सिद्धान्त पालना गर्नेछौँ। हाम्रा कोही शत्रु हुने छैनन्। सबै मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध राख्ने छौँ। हाम्रो आन्तरिक मामिलामा हात नहालुन् भन्ने चाहन्छौँ। देशभक्तिको भावनालाई सम्मान गर्दै नेपाललाई सुन्दर र शान्त बनाउन सक्छौँ। सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार बन्ने गरी अघि बढ्ने छौँ। 

हामी छिटै राष्ट्रिय सम्मेलन गर्ने छौँ। त्यहाँबाट नयाँ पदाधिकारी निर्वाचित गरेर जिम्मेवारी दिनेछौँ। हामी सबै वामपन्थीसँग सहकार्य गर्नेछौँ। सत्ता गठवन्धन र सत्ताबाहिर रहेका वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने छौँ। जनताका समस्या समाधान गर्न सबैले रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्न सकुन् भन्ने कुरा ध्यानमा राखेर काम गर्नेछौँ।

–नेकपा (एकीकृत समाजवादी) ले गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष नेपालले राखेको विचारको मुख्य अंश

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्