काठमाडौं– इंग्ल्याण्डका एलेक्स ब्लेकले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। ईपीएलको साविक विजेता ललितपुर प्याट्रियट्सले इंग्ल्याण्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको हो।
बुधबार क्लबले विज्ञप्ति जारी गर्दै चौथो संस्करणको ईपीएलका लागि इंग्ल्याण्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
इंग्ल्याण्डका बायाँ हाते ब्याट्सम्यान एलेक्सले टी २० मा १४० खेल खेलेका छन्। एलेक्स ललितपुरको यस सिजनको पहिलो विदेशी खेलाडी हुन्।
आगामी ९ देखि २३ असोजसम्म चल्ने प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स इलावेन, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, विराटनगर्स वारियर्स चितवन टाइगर्स गरि ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।