काठमाडौं- शाओमीले नेपालमा आफ्नो पाँचौं मी स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले कलंकीमा आजबाट नयाँ स्टोर सञ्चालनमा ल्याएको हो।
दुई सय वर्गफुटमा फैलिएको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने कम्पनीको भनाइ छ। यो ब्रान्डले यस वर्ष त्रैमासिकको अन्त्यसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर बनाउने लक्ष्य राखेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, 'यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो। देशमा हाम्रो पाँचौं मी स्टोरसँगै हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नका लागि प्रयासरत रहनेछौं। हाम्रो मी प्रशंसकहरुका लागि सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ। '
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नका लागि इमान्दारसँग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।