• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

छानबिन समितिको निष्कर्ष- प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन, व्यहोरा सुधार गर्नुपर्छ

यस्ता छन् छानबिन समितिका ११ सुझाव
64x64
दीप सुवेदी बुधबार, भदौ ९, २०७८  १८:२२
1140x725

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थिए। समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षक अल्मुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, न्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउनेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ।

साउन दोस्रो साता एक अनलाइनमा प्रशिक्षक अल्मुताइरीले पत्रकारमाथि दुर्व्यवहार गरेको समाचार प्रकाशित भएको थियो।त्यसको तीनदिनपछि अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै पदबाट राजीनामा दिने फेसबुकमार्फत् घोषणा गरेका थिए। 

लगत्तै नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएको आरोप निराधार भएको भन्दै खण्डन गरेका थिए। प्रशिक्षकले फेसबुकमार्फत् आरोप लगाउनु षड्यन्त्र भएको भन्दै नेम्वाङले पुष्टि गर्न चुनौतीसमेत दिएका थिए।

'प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र व्यक्तिगत व्यहोरामा सुधार गर्नुपर्छ' pic.twitter.com/8XXoqwKZ8J

— NepalLive (@NepalLive1) August 25, 2021

अल्मुताइरीले नामै तोकेर नेम्वाङलाई विवादमा तान्नु गलत भएको भन्दै प्रशिक्षकले व्यावसायिक आचारणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष छानबिन समितले निकालेको छ। प्रशिक्षकको प्रशिक्षण कार्यबारे सबै पक्षबाट सकारात्मक समर्थन पाएकाले उनको कार्य दक्षता, क्षमता एवं भूमिकाबारे प्रश्न गर्ने ठाउँ नरहेको पनि प्रतिवेदनमा उल्लेख छ। 

‘कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ,’  प्रतिवेदनमा भनिएको छ,‘उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नपर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिँदैन।’ 

यस्तै,अल्मुताइरीले नेम्वाङमाथि आरोप लगाएको पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने समितिले सुझाव दिएको छ। 

Ncell 2
Ncell 2

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रत्येक छलफल र बयानमा प्रशिक्षकले सामाजिक सञ्जालमा लेखेको स्टेटस ‘डिलिट’ गर्नुपर्ने र ‘माफी’ माग्नुपर्ने माग राख्दै आएका थिए। गत बिहीबार राखेपसँग भएको छलफलमा पनि उनले उक्त माग राखेका थिए

सदस्यसचिव सिलवालले प्रशिक्षकलाई सरी भन्न लगाउनु भन्दा एन्फा महासचिव तुलाधरले  ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिनँ’ भनेका थिए। 

त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई यसबारेमा प्रशिक्षकलाई एक पत्र काटिदिनुभन्दा पनि म उनले ‘सक्दिनँ’ भनेका थिए।

यस्तै, प्रशिक्षक अल्मुताइरीले एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको समितिले सिफारिस गरेको छ।

‘फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउन पर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्याहरुलाई तत्काल सम्बन्धित निकायमा पुर्‍याउन जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउनुपर्ने छानबिन समितिकाे सुझाव छ। 

यसका साथै एन्फाले खेल क्षेत्रलाई धूमपान र मध्यपान निषेधित क्षेत्र बनाउदै सोही बमोजिमका कार्य अगाडि बढाउनु पर्ने सुझाव समितिले दिएको छ।सञ्चारकर्मीसँगको विवादका सम्बन्धमा भने समितिले दुवै पक्ष राखेर सात दिनभित्र सुल्झाउन सुझाव दिएको छ।

छानबिन समितिको सुझाव र सिफारिस निम्न अनुसार रहेका छन् :-

१. अखिल नेपाल फुटबल संघले १५ दिनभित्र कोड अफ कन्डक तयार गरी परिषद्बाट स्वीकृति लिई लागू गर्नुपर्ने देखिन्छ। 

२.कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।

उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिँदैन। 

३. प्रशिक्षक अल्मुताइरीले उक्त विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषद्बाट निर्देशन दिनुपर्ने।  

४. फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउन पर्ने देखिन्छ। 

५. कुनै पनि सञ्चारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनु परेमा अखिल नेपाल फुटबल संघका सूचना अधिकारी अथवा व्यवस्थापनसँग पूर्व अनुमति  लिएर मात्र सम्पर्क गनुपर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ, साथै प्रशिक्षकले पनि व्यवस्थापकमार्फत् नै समन्वय गर्नपर्ने छ।

६.टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समास्याहरूलाइ तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउन पर्नेछ।  

७. खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने।

८.अखिल नेपाल फुटबल संघका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नु पर्ने।

९. प्रशिक्षक अलमुताइरी र मेरो खेल अनलाइन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिन भित्र एन्फा नेतृत्वले दुवैपक्ष बोलाइ समस्या समाधान गर्ने।

१०.उल्लेखित विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षहरुले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गरी अगाडि बढ्न पर्ने देखिन्छ।

११.अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए, आफ्नै समाधान नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ अभिभावकिय संस्था राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गर्ने।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरियो बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान... शुक्रबार, असोज १०, २०८२
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो खेलको दशौं मिनेटमै बंगलादेशले गोल गरे पनि अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन । अन्तिमसम्म दुवै टोलीले धेरै प्रयास गरे पनि गोल... शनिबार, भदौ २१, २०८२
गोलरहित बराबरी सकियो पहिलो हाफ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्। शनिबार, भदौ २१, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्