• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

छानबिन समितिको निष्कर्ष- प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन, व्यहोरा सुधार गर्नुपर्छ

यस्ता छन् छानबिन समितिका ११ सुझाव
64x64
दीप सुवेदी बुधबार, भदौ ९, २०७८  १८:२२
1140x725

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थिए। समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षक अल्मुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, न्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउनेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ।

साउन दोस्रो साता एक अनलाइनमा प्रशिक्षक अल्मुताइरीले पत्रकारमाथि दुर्व्यवहार गरेको समाचार प्रकाशित भएको थियो।त्यसको तीनदिनपछि अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै पदबाट राजीनामा दिने फेसबुकमार्फत् घोषणा गरेका थिए। 

लगत्तै नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएको आरोप निराधार भएको भन्दै खण्डन गरेका थिए। प्रशिक्षकले फेसबुकमार्फत् आरोप लगाउनु षड्यन्त्र भएको भन्दै नेम्वाङले पुष्टि गर्न चुनौतीसमेत दिएका थिए।

'प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र व्यक्तिगत व्यहोरामा सुधार गर्नुपर्छ' pic.twitter.com/8XXoqwKZ8J

— NepalLive (@NepalLive1) August 25, 2021

अल्मुताइरीले नामै तोकेर नेम्वाङलाई विवादमा तान्नु गलत भएको भन्दै प्रशिक्षकले व्यावसायिक आचारणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष छानबिन समितले निकालेको छ। प्रशिक्षकको प्रशिक्षण कार्यबारे सबै पक्षबाट सकारात्मक समर्थन पाएकाले उनको कार्य दक्षता, क्षमता एवं भूमिकाबारे प्रश्न गर्ने ठाउँ नरहेको पनि प्रतिवेदनमा उल्लेख छ। 

‘कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ,’  प्रतिवेदनमा भनिएको छ,‘उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नपर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिँदैन।’ 

यस्तै,अल्मुताइरीले नेम्वाङमाथि आरोप लगाएको पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने समितिले सुझाव दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रत्येक छलफल र बयानमा प्रशिक्षकले सामाजिक सञ्जालमा लेखेको स्टेटस ‘डिलिट’ गर्नुपर्ने र ‘माफी’ माग्नुपर्ने माग राख्दै आएका थिए। गत बिहीबार राखेपसँग भएको छलफलमा पनि उनले उक्त माग राखेका थिए

सदस्यसचिव सिलवालले प्रशिक्षकलाई सरी भन्न लगाउनु भन्दा एन्फा महासचिव तुलाधरले  ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिनँ’ भनेका थिए। 

त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई यसबारेमा प्रशिक्षकलाई एक पत्र काटिदिनुभन्दा पनि म उनले ‘सक्दिनँ’ भनेका थिए।

यस्तै, प्रशिक्षक अल्मुताइरीले एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको समितिले सिफारिस गरेको छ।

Xtrem

Xtrem

‘फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउन पर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्याहरुलाई तत्काल सम्बन्धित निकायमा पुर्‍याउन जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउनुपर्ने छानबिन समितिकाे सुझाव छ। 

यसका साथै एन्फाले खेल क्षेत्रलाई धूमपान र मध्यपान निषेधित क्षेत्र बनाउदै सोही बमोजिमका कार्य अगाडि बढाउनु पर्ने सुझाव समितिले दिएको छ।सञ्चारकर्मीसँगको विवादका सम्बन्धमा भने समितिले दुवै पक्ष राखेर सात दिनभित्र सुल्झाउन सुझाव दिएको छ।

छानबिन समितिको सुझाव र सिफारिस निम्न अनुसार रहेका छन् :-

१. अखिल नेपाल फुटबल संघले १५ दिनभित्र कोड अफ कन्डक तयार गरी परिषद्बाट स्वीकृति लिई लागू गर्नुपर्ने देखिन्छ। 

२.कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।

उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिँदैन। 

३. प्रशिक्षक अल्मुताइरीले उक्त विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषद्बाट निर्देशन दिनुपर्ने।  

४. फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउन पर्ने देखिन्छ। 

५. कुनै पनि सञ्चारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनु परेमा अखिल नेपाल फुटबल संघका सूचना अधिकारी अथवा व्यवस्थापनसँग पूर्व अनुमति  लिएर मात्र सम्पर्क गनुपर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ, साथै प्रशिक्षकले पनि व्यवस्थापकमार्फत् नै समन्वय गर्नपर्ने छ।

६.टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समास्याहरूलाइ तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउन पर्नेछ।  

७. खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने।

८.अखिल नेपाल फुटबल संघका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नु पर्ने।

९. प्रशिक्षक अलमुताइरी र मेरो खेल अनलाइन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिन भित्र एन्फा नेतृत्वले दुवैपक्ष बोलाइ समस्या समाधान गर्ने।

१०.उल्लेखित विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षहरुले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गरी अगाडि बढ्न पर्ने देखिन्छ।

११.अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए, आफ्नै समाधान नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ अभिभावकिय संस्था राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गर्ने।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्