फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने कुरामा विश्वास गर्ने बताएका छन्। बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र उनको विकल्पबारे सोधिएको प्रश्नमा उनले केही पनि निर्विकल्प नहुने बताएका हुन्।
'निर्विकल्प भन्ने कुरा केही पनि हुँदैन। कोही पनि हुँदैन। र, स्वाभाविक रुपमा म अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने कुराको पक्षमा हुन्छु। त्यसमा विश्वास गर्छु,' उनले भने।
उनले अहिलेका लागि आफू अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष भएको बताए। 'या, अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि अध्यक्ष हुँ। वा सामान्यतया भन्दा महाधिवेशनसम्मका लागि, कसैले मलाई चुनौती दिइहालेको छैन। दिनुपर्ने छैन, किनभने हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।