काठमाडौं–नक्कली लालपुर्जा देखाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। सिन्धुलीका गंगाहरी न्यौपानेलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।
उनले मुलपानीका इन्द्रबहादुर श्रेष्ठलाई नक्कली लालपुर्जा देखाएर डेढ लाख ठगी गरेका हुन्। सात आना जग्गा सस्तोमा बिक्रि गर्ने भन्दै चाबहिल मालपोत कार्यालयमा भेट भएका श्रेष्ठसँग डेढ लाख रुपैयाँ बैना लिएका थिए।
उनले सन्तोष केसीको नक्कली नागरिकता बनाएर श्रेष्ठलाई झुक्याई ठगी गरेका थिए। न्यौपानेलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले धेरै नक्कली कागजपत्रहरु बनाएको प्रहरीले जनाएको छ। कीर्ते मुद्दामा प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।