काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीमा आउन चाहने केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले रोक्न नमिल्ने बताएकी छन्।
दल दर्ताका लागि आयोगमा सनाखत गरेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले नेकपा (एमाले)का २०३ केन्द्रीय सदस्यबाट एकीकृत समाजवादीमा आउन चाहनेलाई आयोगले अहिले रोक्न नमिल्ने बताएकी हुन्।
मंगलबार आफूहरु एकीकृत समाजवादीमा रहेको दाबी गर्दै आयोगमा पुगेका चार जना एमाले नेताको सनाखत नहुने आयोगले बताएको थियो। पार्टी दर्ताका लागि निवेदन दिनेक्रममा हस्ताक्षर नभएका कारण उनीहरुको सनाखत गर्न नमिल्ने आयोगको भनाइ थियो। तर, एकीकृत समाजवादीका नेताहरुले सनाखत गराउनुपर्ने माग गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।