• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २७, २०८३ Wed, Jun 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जोखिममा यात्रुको ज्यान, पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

64x64
नेपाल लाइभ बिहीबार, जेठ २४, २०७५  १०:१२
1140x725

काठमाडौँ- जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे। जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारबाहीमा पर्‍यो। सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक बस पनि कलंकीमा ट्राफिक प्रहरीको चेकिङबाट उम्किन सकेन।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा५ख १५५४ नंको बस र सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा परे।

यी त केबल प्रतिनिधि घटनामात्र हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ। 

चालकको लापरबाहीका कारण बर्सेनि हजारौँ यात्रु दुर्घटनामा परिरहेका छन्। सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ। 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउँछन्। 'एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको सिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो,' उनले भने।

महाशाखाले चालू आर्थिक वर्षको अहिलेसम्म ७९ रात्रिकालीन बस चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेको छ। 

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद लोहनी मापसे गरी सवारी चलाउने पर्यटक बस चालकलाई कडा कारबाही गर्नुपर्ने बताउँछन्। 'पर्यटक बसले स्वदेशीमात्र नभएर विदेशी पाहुनासमेत बोक्ने हुँदा चालक भद्र र नरम हुनुपर्छ, जथाभावी गर्ने चालकले पर्यटक बस चलाउन पाइँदैन,' उनी भन्छन्।

उनले पर्यटक बस चलाएर मापसे गर्ने चालकमाथि अनुसन्धान भइरहेको बताए।

महाशाखाले काठमाडौँ उपत्यकामा चालू आवको १० महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएका ३ लाख ७८ हजार ९२७ चालकलाई कारबाही गरेको छ। जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार १९७ जना रहेका छन्। 

उपत्यकामा हाल ४० ट्राफिक प्रहरी एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ। उपत्यकामा ११ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्छन् भने नेपालभर २७ लाखभन्दा बढी सवारीसाधन रहेका छन्।रासस

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री  वाग्ले
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
१० हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ २७, २०८३
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषितबाट हामीमाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री बुधबार, जेठ २७, २०८३
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री  वाग्ले बुधबार, जेठ २७, २०८३
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्