म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी सम्पर्कविहीन बनेका छन्।
डाँडागाउँस्थित सराक्दी टोलका देउरानी-जेठानी चिना र ओममायाँ बुढा गत बैसाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिए।
बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उनले बताए। 'हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवै घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्यौं तर केही पनि पत्ता लाग्न सकेन,' उनले भने। हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ।
खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्विरसहित आवश्यक हुलियासहित निवदेन दिए पनि अहिलेसम्म प्रहरीले उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ।
चिनाका श्रीमान् गाउँमै रहेका छन्। साउदीमा रहेका ओममायाका श्रीमान भने श्रीमती हराएको खबर पाएपछि घर फर्किएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।