• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा (एकीकृत समाजवादी) को कमजोर जग र उदाउँदो अनुहार

64x64
मिलन बगाले मंगलबार, भदौ ८, २०७८  २०:२५
1140x725

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालजी,

तपाईं यतिखेर चन्द्रागिरी रिसोर्टमा हुनुहुन्छ होला। त्यसैले तपाईंलाई रिसोर्टवासी माधवकुमार नेपाल पनि भन्न मिल्यो। मन बहलाउने बागबगैँचा, राम्रा कोठा, शितल हावापानी। चन्द्रागिरी रिसोर्ट काइदाको छ।

मन लागेको बेला रिसोर्ट जान सक्नु ठूलै कुरा हो। जानै भनेर त रिसोर्ट बनाइएको हो। कम्युनिस्ट, कांग्रेस, राजावादी सबै जान पाइन्छ। रिसोर्टले पैसा हुने कसैलाई प्रवेश निषेध गर्दैन। तर, समाजवादी भन्न रुचाउने पार्टीले दर्ता हुनुपूर्व नै महङ्गो रिसोर्टमा आवासीय बैठक राखेको सुहायो होला त? केवलकार चढेर सरर चन्द्रागिरीको डाँडामा पुग्यो, रिसोर्टमा कोठा बुक गर्‍यो, बैठक चलायो। क्या रमाइलो!

रिसोर्ट बैठकबारे धेरै डिजिटल पत्रिकाले ‘रमाइला’ समाचार पनि पस्किएका छन्। रिसोर्टमा बस्नु, बैठक गर्नु नेपालको राजनीतिमा चलनचल्ती भइसक्यो। तपाईंहरुले गर्नुभएको कोठा ‘बुक’बारे पनि थरिथरि खबर आए। कुनै अनलाइन मिडियाले ९३ कोठा बुक भयो भनेर लेखे, कुनैले ६० बेड। लौ, ६० बेड नै मानौं। तपाईंकै शब्द सापटी लिएर भन्छु- बाफरे बाफ!

ठीकैको रिसोर्टमा एउटा कोठामा एकरात बस्न चारदेखि पाँच हजार रुपैंया तिर्नुपर्छ। तपाईंहरुको ठूलो टिम भएकोले प्रतिकोठा एक हजार रुपैयाँ छुट दिए भन्ने मान्न सकिन्छ। बस्नेमध्ये ८० प्रतिशत सर्वहारी (माछा, मासु, सागपात सबै खाने) होलान्। मासु नखानेले पनि पनिर, तोफू, महंगो ड्रागन फ्रुट खाएर बिल त सर्वहारी बराबरकै उठाउँछन्। बिहानको खाजा, दिउँसोको खाना, साँझपखको हल्का खानपिन, रातिको खाना, चिया, जुस, पानी, फलफूल, यसोउसो गरेर (रक्सीलाई नजोडौं) एक जनाको दैनिक बिल घटीमा चार हजार रुपैयाँ आउँछ।

रिसोर्टको बसाइ मंगलबार रातिसम्म हुने खबर छ। बुधबार बिहान पनि खाजा त खाइएला। अर्थात्, दुई रातको बसाइ र दुई दिनको खानपान। अनि, केबुलकारको प्रति टिकट सात सयका दरले ६० जनाको ४२ हजार रुपैयाँ। यसरी हेर्दा एउटा बैठककै खर्च करिब दश लाख हुन्छ। यत्रो पैसा कहाँबाट जोहो गर्नुहुन्छ? बैठक सकिएपछि खर्च विवरण पनि सार्वजनिक गर्नुहुन्छ कि समाजवादी कमरेड?

तपाईंलाई लागेको होला, पार्टीको जीवन–मरणको सवाल छ। शंकै छैन, शत प्रतिशत लागेको छ। बुधबार निर्वाचन आयोग पुगेर २० प्रतिशत केन्द्रीय सदस्यको लाइन लगाएर सनाखत गराउनु छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले २० प्रतिशत पनि पुर्‍याउन दिन्न भनिरहेका छन्। पुर्‍याउन नदिए देउवाजीलाई अर्को अध्यादेशको अस्त्र हानिदिनुस्, पाँच प्रतिशतमै झारिदिनुस् भन्ने? त्यसो भन्न अलि अप्ठेरै हुन्छ। अनि केन्द्रीय सदस्यलाई रिसोर्टमा नबसाएर भयो?

पार्टी औपचारिक रुपमा दर्ता हुनुपूर्व नै एउटा बैठकका लागि करिब १० लाख रुपैंया खर्च गरेर तपाईं ‘अलि बढी समाजवादी’ देखिनुभएको हो कि? कति कमजोर धरातलमा उभिनुभएको? रिसोर्टमा नराखे फ्याट्ट चोरी हुने नेता जम्मा पारेर बनाएको पार्टी कति बलियो होला?

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी अफिसमा बैठक राख्न छोडेर नेताका घर–घरमा गुटका भेला, मेला र बैठक चलाउने चलन पुरानै हो। विभिन्न टेलिभिजन च्यानलले केपी ओली, पुष्पकमल दहाल, शेरबहादुर देउवा र तपाईंको घरको बैठक कोठा बारम्बार देखाइराख्छन्। तपाईंको बैठक कोठा हेर्दा ‘ओहो माधवजी’ भन्न मन लाग्छ। कति साधारण। साधारण फर्निचर। सामान्य सजावट। तपाईंको एउटा आफ्नै तस्बिर पनि कुनातिर उभ्याएर राखिएको छ।

बैठककोठा साधारण भएर के गर्नु, पार्टीको बैठक असाधारण किसिमले गर्न थाल्नु भएको छ। चन्द्रागिरी भेलाले त्यही भन्छ। सामान्य होटलमा सामान्य खर्च गरेर पनि त बैठक गर्न सकिन्थ्यो। इतिहासमा तपाईंहरुले कस्ता अनकन्टार ठाउँमा कति सामान्य किसिमले बैठकहरु गर्नुभएको छ। एउटा, दुईटा हो र, सयौँ बैठक त्यसरी चलाउनुभएको छ। २०औँ-३०औँ वर्ष त्यसरी बैठक चलाउनुभयो। अहिले पनि बैठकका लागि गुफा, कटेरा र चउर खोज्दै हिड्नु भन्न खोजेको होइन। तर, एउटै बैठकको १० लाख खर्च गर्ने हो भने केको समाजवादी? केको कम्युनिस्ट?

तपाईं सम्मिलित गठबन्धनले भन्यो- ‘ओलीले राष्ट्रपतिको आडमा दादागिरी गरे। मनपरी गरे।’ कुरो झूटो थिएन। मनपरीको सुरुआत दल विभाजन सम्बन्धी अध्यादेशबाट भएको थियो। त्यति बेला केन्द्रीय कमिटी वा संसदमा ४० प्रतिशत सदस्य पुर्‍याए दल विभाजन गर्न पाइने थियो। त्यसको धुमधाम विरोध भयो।

सांसद पद गुमे गुमोस्, जिरोबाटै राजनीति सुरु गरौंला, नयाँ दल बनाएर फेरि उठौँला– भन्न सक्नुभएन। ‘इमानको राजनीति’को नारामा गठन भएको तपाईंको नयाँ पार्टीको जग देउवाको बेइमान अध्यादेशको आडमा उभिएको छ।

Xtrem

Xtrem

अहिले के भयो? संसद अन्त्य गरेर ल्याइएको अध्यादेशले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिने बनाइदियो। सांसद पद गुमे गुमोस्, जिरोबाटै राजनीति सुरु गरौंला, नयाँ दल बनाएर फेरि उठौँला– भन्न सक्नुभएन। ‘इमानको राजनीति’को नारामा गठन भएको तपाईंको नयाँ पार्टीको जग देउवाको बेइमान अध्यादेशको आडमा उभिएको छ। तपाईंलाई सहज बनाउन जारी गरिएको त्यो अध्यादेश लोकतन्त्र र विधिको शासनप्रतिको बेइमानी हो। सांसद पद जाँदैमा के बिग्रन्थ्यो र? उपनिर्वाचन जितेर आउन सकिन्थ्यो। त्यति आँट गर्न सकेको भए तपाईंको पार्टीको जग बलियो हुन्थ्यो। कमजोर जगको पार्टी बनाएर ओलीसँगको ‘बार्गेनिङ’ अस्त्र बनाउने रहर मात्र गर्नुभएको हो कि?

तपाईंले गर्नसक्ने एउटा गतिलो काम अझै बाँकी छ। तपाईंको पार्टीको ‘आइकन’को रुपमा रामकुमारी झाँक्री उदाउनुभएको छ। कसैको टेकोमा टेकेर होइन, आफ्नो जुझारुपन र अडानले। नझुक्ने, नडराउने, सम्झौता नगर्ने उहाँको राजनीतिक छवि बलियोसँग स्थापित भैसकेको छ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन जाँदा खिचिएको एउटा तस्बिरको सर्वत्र चर्चा भइरहेको छ। त्यो तस्बिरले प्रसंशा पनि बटुलेको छ। म पनि प्रसंशा गर्छु। नेतृव मागेर पाइने होइन, अघि सरेरै लिनुपर्छ भन्ने बलियो सन्देश त्यस तस्बिरमा छ। उहाँ तपाईंको पार्टीको सर्वस्वीकार्य व्यक्ति बन्नुभएको छ। नेताका वरिपरि परिक्रमा गरेर नेतृत्व माग्नेहरुलाई उहाँले ठूलो सन्देश दिनुभएको छ।

विगतमा तपाईंलाई साथ दिएको र हाल एमालेमा तेस्रो धार भन्न रुचाइरहेको एउटा समूह निरन्तर बालकोट धाइरहेको छ। ‘पार्टी मिलाउनुपर्‍यो’ भन्दै रोइकराई गरिरहेछ। त्यो समूह पार्टी होइन, आफ्नो भाग मिलाउन मरिहत्ते गरिरहेछ। निरपेक्ष रुपमा एकताको मन्त्र फुकिरहेछ। उनीहरुको नाम पढेर तपाईंलाई कतिपयले ‘रित्तो पार्टी’ पनि भनिरहेका छन्। तपाईं रित्तो हुनुहुन्न। धेरैपटक मन्त्री भएका, पार्टीमा उपाध्यक्ष, उपमहासचिव, सचिव आदि पद धारण गरेका, लामालामा लेख र किताब लेखेका धेरै मान्छे जम्मा पार्दैमा पार्टी बलियो हुने होइन। पार्टी बलियो हुने उर्जाले हो। उत्साहले हो। उर्जावान मान्छेले हो।

तपाईंको पार्टीको उर्जाको बिम्बको रुपमा रामकुमारी झाँक्री हुनुहुन्छ। अरु पनि हुनुहुन्छ। तर, २०६२—६३ को जनआन्दोलनदेखि २०७८ सालसम्म आइपुग्दा रामकुमारीजी अडान र निष्ठाको बिम्ब हुनुभएको छ। राष्ट्रपतिप्रतिको अभद्र टिप्पणी उहाँको राजनीतिक इतिहासको एउटा ठूलो कमजोरी थियो। सार्वजनिक रुपमा माफी मागेर त्यो कमजोरी पखाल्न सकिन्छ। आवश्यकताभन्दा बढी चर्को बोल्ने रहर गर्दा प्रत्युत्पादक हुन्छ भन्ने उहाँले उक्त घटनाबाट बुझ्नुभएको होला।

माधव नेपालजी, निर्वाचन आयोगमा सनाखतका क्रममा बुधबार तपाईंले २० प्रतिशत पक्कै पुर्‍याउन सक्नुहोला। अध्यादेशको आडमा पार्टी फुटाउनु गलत हो। तर, हामीले गलत भन्दैमा तपाईंहरु रोकिनुहुन्न, पक्कै। दल दर्ता भइहाल्छ। तपाईं र झलनाथ खनालले अब नयाँ पार्टीलाई नवजीवन दिनसक्नु हुन्न। तपाईं सेरेमोनियल अध्यक्ष बन्नुस्, झलनाथ खनाल त सेरेमोनियमल वरिष्ठ नेता नै बन्नुहुन्छ।

नयाँ पार्टीलाई ओलीसँग बार्गेनिङ गर्ने हतियार पटक्कै नबनाउनुहोस्। तेस्रो धार भन्दै वार्तामा बसिरहनेहरुको लहैलहैमा पनि नहिड्नुहोस्। प्रचण्डसँग पार्टी विलय गर्ने दिवास्वप्न पनि नदेख्नुहोस्। नफुटाउनु फुटाइसकेपछि नडराउनुस्। बलियो र जुझारु पार्टी बनाउने हो भने तपाईंको पार्टीले रामकुमारी झाँक्रीलाई शक्तिशाली महासचिव बनाउन सक्नुपर्छ। उहाँले पार्टीलाई नयाँ जीवन दिनुहुनेछ। रिसोर्टबाट बाहिर पनि निकाल्नुहुनेछ।

रामकुमारीलाई महासचिव बनाउन सके तपाईंको पार्टीले नेपालको राजनीतिमा एउटा बलियो सन्देश दिनेछ। नेतृत्व दिने कुरा होइन, लिने कुरा हो भन्ने सत्य स्थापित गर्नेछ। तपाईंको पार्टी भिडबाट अलिकति अलग बन्नेछ। पद दिने, बनाउने वा बनाइदिने भन्दा पनि उहाँ त्यो पदका लागि योग्य हुनुहुन्छ। तपाईंहरुले ठूलो मन बनाए मात्र पार्टी ठूलो बन्छ। सानो मन बोकेर चाउरिएको मरिचजस्तो पार्टी बनाउने रहर नगर्नूहोला। जोखिम लिने व्यक्तिले समयमा नै साहसी निर्णय गर्न सक्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्