• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा (एकीकृत समाजवादी) को कमजोर जग र उदाउँदो अनुहार

64x64
मिलन बगाले मंगलबार, भदौ ८, २०७८  २०:२५
1140x725

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालजी,

तपाईं यतिखेर चन्द्रागिरी रिसोर्टमा हुनुहुन्छ होला। त्यसैले तपाईंलाई रिसोर्टवासी माधवकुमार नेपाल पनि भन्न मिल्यो। मन बहलाउने बागबगैँचा, राम्रा कोठा, शितल हावापानी। चन्द्रागिरी रिसोर्ट काइदाको छ।

मन लागेको बेला रिसोर्ट जान सक्नु ठूलै कुरा हो। जानै भनेर त रिसोर्ट बनाइएको हो। कम्युनिस्ट, कांग्रेस, राजावादी सबै जान पाइन्छ। रिसोर्टले पैसा हुने कसैलाई प्रवेश निषेध गर्दैन। तर, समाजवादी भन्न रुचाउने पार्टीले दर्ता हुनुपूर्व नै महङ्गो रिसोर्टमा आवासीय बैठक राखेको सुहायो होला त? केवलकार चढेर सरर चन्द्रागिरीको डाँडामा पुग्यो, रिसोर्टमा कोठा बुक गर्‍यो, बैठक चलायो। क्या रमाइलो!

रिसोर्ट बैठकबारे धेरै डिजिटल पत्रिकाले ‘रमाइला’ समाचार पनि पस्किएका छन्। रिसोर्टमा बस्नु, बैठक गर्नु नेपालको राजनीतिमा चलनचल्ती भइसक्यो। तपाईंहरुले गर्नुभएको कोठा ‘बुक’बारे पनि थरिथरि खबर आए। कुनै अनलाइन मिडियाले ९३ कोठा बुक भयो भनेर लेखे, कुनैले ६० बेड। लौ, ६० बेड नै मानौं। तपाईंकै शब्द सापटी लिएर भन्छु- बाफरे बाफ!

ठीकैको रिसोर्टमा एउटा कोठामा एकरात बस्न चारदेखि पाँच हजार रुपैंया तिर्नुपर्छ। तपाईंहरुको ठूलो टिम भएकोले प्रतिकोठा एक हजार रुपैयाँ छुट दिए भन्ने मान्न सकिन्छ। बस्नेमध्ये ८० प्रतिशत सर्वहारी (माछा, मासु, सागपात सबै खाने) होलान्। मासु नखानेले पनि पनिर, तोफू, महंगो ड्रागन फ्रुट खाएर बिल त सर्वहारी बराबरकै उठाउँछन्। बिहानको खाजा, दिउँसोको खाना, साँझपखको हल्का खानपिन, रातिको खाना, चिया, जुस, पानी, फलफूल, यसोउसो गरेर (रक्सीलाई नजोडौं) एक जनाको दैनिक बिल घटीमा चार हजार रुपैयाँ आउँछ।

रिसोर्टको बसाइ मंगलबार रातिसम्म हुने खबर छ। बुधबार बिहान पनि खाजा त खाइएला। अर्थात्, दुई रातको बसाइ र दुई दिनको खानपान। अनि, केबुलकारको प्रति टिकट सात सयका दरले ६० जनाको ४२ हजार रुपैयाँ। यसरी हेर्दा एउटा बैठककै खर्च करिब दश लाख हुन्छ। यत्रो पैसा कहाँबाट जोहो गर्नुहुन्छ? बैठक सकिएपछि खर्च विवरण पनि सार्वजनिक गर्नुहुन्छ कि समाजवादी कमरेड?

तपाईंलाई लागेको होला, पार्टीको जीवन–मरणको सवाल छ। शंकै छैन, शत प्रतिशत लागेको छ। बुधबार निर्वाचन आयोग पुगेर २० प्रतिशत केन्द्रीय सदस्यको लाइन लगाएर सनाखत गराउनु छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले २० प्रतिशत पनि पुर्‍याउन दिन्न भनिरहेका छन्। पुर्‍याउन नदिए देउवाजीलाई अर्को अध्यादेशको अस्त्र हानिदिनुस्, पाँच प्रतिशतमै झारिदिनुस् भन्ने? त्यसो भन्न अलि अप्ठेरै हुन्छ। अनि केन्द्रीय सदस्यलाई रिसोर्टमा नबसाएर भयो?

पार्टी औपचारिक रुपमा दर्ता हुनुपूर्व नै एउटा बैठकका लागि करिब १० लाख रुपैंया खर्च गरेर तपाईं ‘अलि बढी समाजवादी’ देखिनुभएको हो कि? कति कमजोर धरातलमा उभिनुभएको? रिसोर्टमा नराखे फ्याट्ट चोरी हुने नेता जम्मा पारेर बनाएको पार्टी कति बलियो होला?

Ncell 2
Ncell 2

पार्टी अफिसमा बैठक राख्न छोडेर नेताका घर–घरमा गुटका भेला, मेला र बैठक चलाउने चलन पुरानै हो। विभिन्न टेलिभिजन च्यानलले केपी ओली, पुष्पकमल दहाल, शेरबहादुर देउवा र तपाईंको घरको बैठक कोठा बारम्बार देखाइराख्छन्। तपाईंको बैठक कोठा हेर्दा ‘ओहो माधवजी’ भन्न मन लाग्छ। कति साधारण। साधारण फर्निचर। सामान्य सजावट। तपाईंको एउटा आफ्नै तस्बिर पनि कुनातिर उभ्याएर राखिएको छ।

बैठककोठा साधारण भएर के गर्नु, पार्टीको बैठक असाधारण किसिमले गर्न थाल्नु भएको छ। चन्द्रागिरी भेलाले त्यही भन्छ। सामान्य होटलमा सामान्य खर्च गरेर पनि त बैठक गर्न सकिन्थ्यो। इतिहासमा तपाईंहरुले कस्ता अनकन्टार ठाउँमा कति सामान्य किसिमले बैठकहरु गर्नुभएको छ। एउटा, दुईटा हो र, सयौँ बैठक त्यसरी चलाउनुभएको छ। २०औँ-३०औँ वर्ष त्यसरी बैठक चलाउनुभयो। अहिले पनि बैठकका लागि गुफा, कटेरा र चउर खोज्दै हिड्नु भन्न खोजेको होइन। तर, एउटै बैठकको १० लाख खर्च गर्ने हो भने केको समाजवादी? केको कम्युनिस्ट?

तपाईं सम्मिलित गठबन्धनले भन्यो- ‘ओलीले राष्ट्रपतिको आडमा दादागिरी गरे। मनपरी गरे।’ कुरो झूटो थिएन। मनपरीको सुरुआत दल विभाजन सम्बन्धी अध्यादेशबाट भएको थियो। त्यति बेला केन्द्रीय कमिटी वा संसदमा ४० प्रतिशत सदस्य पुर्‍याए दल विभाजन गर्न पाइने थियो। त्यसको धुमधाम विरोध भयो।

सांसद पद गुमे गुमोस्, जिरोबाटै राजनीति सुरु गरौंला, नयाँ दल बनाएर फेरि उठौँला– भन्न सक्नुभएन। ‘इमानको राजनीति’को नारामा गठन भएको तपाईंको नयाँ पार्टीको जग देउवाको बेइमान अध्यादेशको आडमा उभिएको छ।

अहिले के भयो? संसद अन्त्य गरेर ल्याइएको अध्यादेशले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिने बनाइदियो। सांसद पद गुमे गुमोस्, जिरोबाटै राजनीति सुरु गरौंला, नयाँ दल बनाएर फेरि उठौँला– भन्न सक्नुभएन। ‘इमानको राजनीति’को नारामा गठन भएको तपाईंको नयाँ पार्टीको जग देउवाको बेइमान अध्यादेशको आडमा उभिएको छ। तपाईंलाई सहज बनाउन जारी गरिएको त्यो अध्यादेश लोकतन्त्र र विधिको शासनप्रतिको बेइमानी हो। सांसद पद जाँदैमा के बिग्रन्थ्यो र? उपनिर्वाचन जितेर आउन सकिन्थ्यो। त्यति आँट गर्न सकेको भए तपाईंको पार्टीको जग बलियो हुन्थ्यो। कमजोर जगको पार्टी बनाएर ओलीसँगको ‘बार्गेनिङ’ अस्त्र बनाउने रहर मात्र गर्नुभएको हो कि?

तपाईंले गर्नसक्ने एउटा गतिलो काम अझै बाँकी छ। तपाईंको पार्टीको ‘आइकन’को रुपमा रामकुमारी झाँक्री उदाउनुभएको छ। कसैको टेकोमा टेकेर होइन, आफ्नो जुझारुपन र अडानले। नझुक्ने, नडराउने, सम्झौता नगर्ने उहाँको राजनीतिक छवि बलियोसँग स्थापित भैसकेको छ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन जाँदा खिचिएको एउटा तस्बिरको सर्वत्र चर्चा भइरहेको छ। त्यो तस्बिरले प्रसंशा पनि बटुलेको छ। म पनि प्रसंशा गर्छु। नेतृव मागेर पाइने होइन, अघि सरेरै लिनुपर्छ भन्ने बलियो सन्देश त्यस तस्बिरमा छ। उहाँ तपाईंको पार्टीको सर्वस्वीकार्य व्यक्ति बन्नुभएको छ। नेताका वरिपरि परिक्रमा गरेर नेतृत्व माग्नेहरुलाई उहाँले ठूलो सन्देश दिनुभएको छ।

विगतमा तपाईंलाई साथ दिएको र हाल एमालेमा तेस्रो धार भन्न रुचाइरहेको एउटा समूह निरन्तर बालकोट धाइरहेको छ। ‘पार्टी मिलाउनुपर्‍यो’ भन्दै रोइकराई गरिरहेछ। त्यो समूह पार्टी होइन, आफ्नो भाग मिलाउन मरिहत्ते गरिरहेछ। निरपेक्ष रुपमा एकताको मन्त्र फुकिरहेछ। उनीहरुको नाम पढेर तपाईंलाई कतिपयले ‘रित्तो पार्टी’ पनि भनिरहेका छन्। तपाईं रित्तो हुनुहुन्न। धेरैपटक मन्त्री भएका, पार्टीमा उपाध्यक्ष, उपमहासचिव, सचिव आदि पद धारण गरेका, लामालामा लेख र किताब लेखेका धेरै मान्छे जम्मा पार्दैमा पार्टी बलियो हुने होइन। पार्टी बलियो हुने उर्जाले हो। उत्साहले हो। उर्जावान मान्छेले हो।

तपाईंको पार्टीको उर्जाको बिम्बको रुपमा रामकुमारी झाँक्री हुनुहुन्छ। अरु पनि हुनुहुन्छ। तर, २०६२—६३ को जनआन्दोलनदेखि २०७८ सालसम्म आइपुग्दा रामकुमारीजी अडान र निष्ठाको बिम्ब हुनुभएको छ। राष्ट्रपतिप्रतिको अभद्र टिप्पणी उहाँको राजनीतिक इतिहासको एउटा ठूलो कमजोरी थियो। सार्वजनिक रुपमा माफी मागेर त्यो कमजोरी पखाल्न सकिन्छ। आवश्यकताभन्दा बढी चर्को बोल्ने रहर गर्दा प्रत्युत्पादक हुन्छ भन्ने उहाँले उक्त घटनाबाट बुझ्नुभएको होला।

माधव नेपालजी, निर्वाचन आयोगमा सनाखतका क्रममा बुधबार तपाईंले २० प्रतिशत पक्कै पुर्‍याउन सक्नुहोला। अध्यादेशको आडमा पार्टी फुटाउनु गलत हो। तर, हामीले गलत भन्दैमा तपाईंहरु रोकिनुहुन्न, पक्कै। दल दर्ता भइहाल्छ। तपाईं र झलनाथ खनालले अब नयाँ पार्टीलाई नवजीवन दिनसक्नु हुन्न। तपाईं सेरेमोनियल अध्यक्ष बन्नुस्, झलनाथ खनाल त सेरेमोनियमल वरिष्ठ नेता नै बन्नुहुन्छ।

नयाँ पार्टीलाई ओलीसँग बार्गेनिङ गर्ने हतियार पटक्कै नबनाउनुहोस्। तेस्रो धार भन्दै वार्तामा बसिरहनेहरुको लहैलहैमा पनि नहिड्नुहोस्। प्रचण्डसँग पार्टी विलय गर्ने दिवास्वप्न पनि नदेख्नुहोस्। नफुटाउनु फुटाइसकेपछि नडराउनुस्। बलियो र जुझारु पार्टी बनाउने हो भने तपाईंको पार्टीले रामकुमारी झाँक्रीलाई शक्तिशाली महासचिव बनाउन सक्नुपर्छ। उहाँले पार्टीलाई नयाँ जीवन दिनुहुनेछ। रिसोर्टबाट बाहिर पनि निकाल्नुहुनेछ।

रामकुमारीलाई महासचिव बनाउन सके तपाईंको पार्टीले नेपालको राजनीतिमा एउटा बलियो सन्देश दिनेछ। नेतृत्व दिने कुरा होइन, लिने कुरा हो भन्ने सत्य स्थापित गर्नेछ। तपाईंको पार्टी भिडबाट अलिकति अलग बन्नेछ। पद दिने, बनाउने वा बनाइदिने भन्दा पनि उहाँ त्यो पदका लागि योग्य हुनुहुन्छ। तपाईंहरुले ठूलो मन बनाए मात्र पार्टी ठूलो बन्छ। सानो मन बोकेर चाउरिएको मरिचजस्तो पार्टी बनाउने रहर नगर्नूहोला। जोखिम लिने व्यक्तिले समयमा नै साहसी निर्णय गर्न सक्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कारोबारसँगै बढ्यो सेयर बजार बुधबार, पुस २, २०८२
शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’ बुधबार, पुस २, २०८२
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्