• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको मागअनुसार प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाका सभामुख हट्न कति सहज?

64x64
नेपाल लाइभ आइतबार, भदौ ६, २०७८  २१:०९
1140x725

काठमाडौं- गत बिहीबार एउटा अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति विभिन्न आरोप लगाए। सापकोटा माओवादी कार्यकर्ता बनेको, एमाले फुटाउने षडयन्त्रमा सामेल भएको, अटेरी र जिद्दी भएको उनको आरोप थियो।

'एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन। सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ। होइन भने उहाँले छाडिदिए हुन्छ। त्यो निष्पक्षता अपनाउन सकिँदैन भने, पार्टीप्रतिकै ‘लोयल्टी’ कायम राख्नुहुन्छ भने, त्यसअनुसारकै आचार र व्यवहार गर्नुहुन्छ भने, कार्यकर्ता भइरहनुहुन्छ भने सभामुख हुन सकिँदैन। त्यसकारण उहाँले रोज्नुपर्छ, या त कार्यकर्तामा फर्किनुपर्छ या सभामुखको हैसियतमा निष्पक्ष ढङ्‍गले काम गर्नुपर्छ', उनको भनाइ थियो।

ओलीले सभामुखप्रति गत पुस ५ गतेको कदमपछि नै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्। बिहीबार भने उनले पद छाड्न नै भनेका हुन्। यद्यपि, यो विषयमा उनको पार्टी एमालेले औपचारिक रुपमा निर्णय वा आग्रह गरेको भने छैन। ओलीले अन्तर्वार्ताका क्रममा उठाएको यो विषयमा थप बहस पनि भएको छैन।

बरु आइतबार लुम्बिनी प्रदेशका सभामुखप्रति आरोप लगाइएको छ। सांसद्हरु अजय शाही र विमला ओलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र पठाइएको भए पनि उनले अस्वीकार गरेपछि एमाले आक्रोशित भएको हो। लुम्बिनी प्रदेशका एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै घर्तीले पटकपटक पद अनुकूल आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको बताएका छन्। उनले सभामुखलाई न्यायाधीशको भूमिका निर्वाह गरी फैसला सरह निर्णय गरेको बताएका छन्।

'प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यता लगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताको आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन', विज्ञप्तिमा भनिएको छ।

हटाउन नसक्ने भएपछि हट्न आग्रह
संविधानमा प्रतिनिधि सभा र प्रदेश सभामा सभामुखको चयन हुने प्रक्रिया उस्तै छन्। त्यसको प्रक्रियाका लागि बनाइएका नियमावली पनि उस्तै छन्। जस्तो, प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् भन्ने व्यवस्था संविधानमा छ। त्यसैगरी, प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गरिनेछ।

No description available.

पदमुक्त हुने प्रक्रिया पनि उस्तै छ। जस्तो, संविधानको धारा ९१ (६) (ग) मा सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उनी पदमुक्त हुने उल्लेख छ। त्यस्तै, संविधानको धारा १८२ (६) (ग) मा ‍प्रदेश सभामुख पदमुक्त हुने प्रावधानका लागि उस्तै वाक्य राखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

No description available.

प्रतिनिधि सभा र प्रदेश सभाका सभामुखले पद अनुकूल आचार नगरेको भन्ने प्रस्ताव एमालेले ल्याउन सक्छ। किनकि, प्रतिनिधि सभा र लुम्बिनी प्रदेश दुवैतिर उसका एक चौथाईभन्दा बढी नै सांसद् छन्।

तर, एमालेको प्रस्तावले सफलता पाउने सम्भावना भने छैन। न त त्यसले अरु कुनै अपेक्षित परिणाम दिन्छ। किनकि, त्यस खालको प्रस्ताव दर्ता भए पनि सभामुखको कार्य सम्पादनमा खासै फरक पर्दैन।  संविधानको प्रावधानले भन्छ- प्रतिनिधि सभा र प्रदेश सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ। त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउनेछ।

प्रतिनिधि सभामा अहिले उपसभामुख नभएकाले प्रतिनिधि सभाको नियमावली अनुसार सभाको बैठकको अध्यक्षता गर्न मनोनित व्यक्ति मध्येको ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नेछन्। सभा सञ्चालन गर्न प्रत्येक अधिवेशनको सुरुमा प्रतिनिधि सभाको हकमा बढीमा सात जनालाई मनोनित गर्ने नियमावलीमा उल्लेख छ। 

अर्को कुरा, यो विषय लामो समयसम्म रोकिन पाउने छैन। किनकि, प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाको नियमावली अनुसार, प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुने गरी दिन र समय तोकिनेछ।

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक... शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख २५, २०८३
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्