काठमाडौं- ओपोले २०२१ ओपो फ्यूचर इमेजिङ टेक्नोलोजी सार्वजनिक गरेको छ। अनलाइन इभेन्टमार्फत् ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीसँग सम्बन्धित विभिन्न नवप्रवर्तनहरु सार्वजनिक गरेको थियो।
प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहजरुपमा कैद गर्न सघाउने उद्देश्यका साथ कम्पनीले आफ्नो ध्यान स्वविकास र अन्तर्निहित इमेजिङ प्रविधिको विकासमा केन्द्रित गरिरहेको कम्पनीले जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको नवप्रवर्तनहरुमा ओपोको नेक्स्ट जेनेरेसन आरजीडब्ल्यूबी सेन्सर, ८५-२०० एमएम कन्टिनुओस अप्टिकल जुम, फाइभ-एक्सिस ओआईएस टेक्नोलोजी र आफ्नो स्वामित्वमा रहेका एआई अल्गोरिदमका श्रृंखलासहितको नेक्स्ट जेनरेसन अन्डर स्क्रिन क्यामेरा रहेका छन्। यी नयाँ प्रविधिहरुको उपयोगमार्फत् ओपोले लाइट सेन्सिटिभिटी, जुम क्यापेबिलिटी, स्टेबलाइजेसन, फ्यूचर प्रडक्ट फोर्म फ्याक्टर प्रिरिसर्च लगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीका क्षेत्रमा ठूलो सफलता हात पारेको कम्पनीको दाबी छ।
'ओपोको नयाँ पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले सुदृढ कलर परफरमेन्समार्फत् उल्लेख्यरुपमा प्रकाश संवेदनशीलता बढाउँछ। यसका लागि कम्पनीले अतिरिक्त ह्वाइट सबपिक्सेल्स (डब्ल्यू), अभूतपूर्व डीटीआई प्रविधि र ओपोद्वारा स्वविकसित फोर इन वान पिक्सेल अल्गोरिदमको प्रयोग गरेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यी नवप्रवर्तनका नतिजा स्वरुप नयाँ सेन्सरले पछिल्ला सेन्सरका तुलनामा ६० प्रतिशत बढी प्रकाश ग्रहण गर्ने क्षमता बोक्छ। साथै, सफा-स्पष्ट र न्यून प्रकाश भएका स्थानमा पनि ३५ प्रतिशतसम्म न्वाइज रिडक्सन गरी चहकिला तस्बिर लिन सघाउँछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।