काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।
हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान बिराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो।
छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबीन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा शर्माले बताइन्।
यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा शर्मा नेतृत्वको टिमले दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।