विराटनगर– मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ।
धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ। उनी शौचका लागि घरबाट बाहिर निस्केको समयमा सर्पले डसेको बताइएको छ।
गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।