काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले धरानमा सोरुम सञ्चालन गरेको छ। कम्पनीले धरान सुविधासम्पन्न सोरुम ‘अर्बिन एन्ड ब्रदर्स अटो’ सञ्चालनमा ल्याएको छ। सोरुमको गोल्छा अर्गनाइजेसनका डाइरेक्टर अभिमन्यु गोल्छाले उद्घाटन गरेका हुन्।
अटो मोबाइल ब्रान्ड बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि सोरुम खोलेको हो। कम्पनीले धरानमा अर्बिन एन्ड ब्रदर्स अटोका प्रोप्रराइटर अर्बिन तामाङलाई डिलरसिप दिएको छ। नयाँ सोरुमबाट ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीकोे विश्वास छ।
धरानमा नयाँ सोरुम स्थापनापछि यस क्षेत्रका ग्राहकलाई बजाज बाइकका साथै स्पेयर पार्टस् सहजै उपलब्ध हुने डाइरेक्टर गोल्छाले बताए।
सोरुम सञ्चालनका अवसरमा अर्बिन एन्ड ब्रदर्स अटोले मोटरसाइकल किन्ने ग्राहकका लागि उपहार व्यवस्थासमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।