काठमाडौं- सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधवकुमार नेपालनिकट निरञ्जन झालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।
नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष रहेका उनी हाल माधवपक्षले गठन गरेको नेकपा एमाले समाजवादीमा लागेका छन्। उनी सप्तरीको राजविराज नगरपालिका-१ निवासी हुन्।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेको महाप्रबन्धक गुरु भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए। भट्टराईले आचरणविपरीत काम गरेको भन्दै सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।