• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘केही दिनको’ मुख्यमन्त्री बन्न किन तयार भइन् अष्टलक्ष्मी?

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २३:०४
1140x725

काठमाडौं- बुधबार काठमाडौंमा नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा बागमती प्रदेशको राजधानी हेटौंडामा एमालेसँगै जोडिएको रोचक घटनाक्रम विकास भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट विदा गरेर एमालेबाट अलग्गिने निश्चित भइसकेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने चाँजोपाँजो मिलाएपछिको पटाक्षेप थियो त्यो।

हेटौंडामा एमाले प्रदेश सभा संसदीय दलको बैठक बोलाइएको थियो। त्यो बैठकमा पौडेलले दलको नेताबाट राजीनामा दिए र शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरियो। बुधबार साँझ पौडेलले मुख्यमन्त्रीबाटसमेत राजीनामा गरेपछि उनको ठाउँमा शाक्यलाई नै मुख्यमन्त्री नियुक्त गरियो। शाक्यले बुधबार राति नै अन्य दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिइन्। 

पछिल्लो समय शाक्य एमालेमा माधव नेपालनिकट समूहमा रहँदै आए पनि समानान्तर रुपमा अध्यक्ष ओलीसँग पनि भेटिरहेकी थिइन्। त्यहीक्रममा उनी मुख्यमन्त्री बन्ने बाटो तय भएको हो। 

यो विकासक्रम किन पनि रोचक छ भने ठ्याक्कै साढे तीन वर्ष पहिले बागमती प्रदेशकै घटनाले शाक्य ओलीको प्रखर विरोधी बनेकी थिइन्। खासमा शाक्यमात्र होइन, नेपालको पनि यही घटनाबाट ओलीसँगको सम्बन्धमा दरार आउन सुरु भएको हो। 

त्यसबेला एमाले र माओवादीको गठबन्धन थियो, त्यो पनि पार्टी एकतातर्फ लम्किइरहेको। बागमती प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने तय भएको थियो। शाक्य त्यसको एकमात्र हकदार जस्तो थिइन्। 

यो पनि पढ्नुहोस्

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी : केपी ओलीको कटु आलोचकदेखि ओलीकै जोडबलमा मुख्यमन्त्रीसम्मबुधबार, भदौ २, २०७८

खासमा उनलाई मुख्यमन्त्री बनाउनकै लागि प्रदेश सभामा पठाइएको थियो। तर, संसदीय दलको नेता चयन गर्नुभन्दा अघिल्लो दिन अर्कै घटनाक्रम विकास भयो। ओलीले शाक्यविरुद्ध पौडेललाई संसदीय दलको नेताको उम्मेदवार बनाए। शाक्य पौडेलसँग पराजित भइन्। मुख्यमन्त्रीमा कल्पनै नगरिएका पौडेलले बाजी मारे।

यो त्यस्तो घटना थियो जसले त्यसबेलाको एमाले अनि त्यसको केही समयपछि माओवादीसित एकीकरण भएर बनेको नेकपामा ओली र नेपालबीच दरार बढाउँदै लग्यो। 

२०७७ वैशाखमा नेकपाभित्र संकट आइलाग्दा नेपालले मुख्यतः बागमतीको सरकार परिवर्तन चाहेका थिए। एमालेका एक नेता भन्छन्, ‘त्यसबेला बागमतीमा सरकार परिवर्तन गरेर अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाइएको भए नेकपा हुँदै अहिलेको एमालेसम्म आइपुग्दा केपी ओली र माधव नेपालबीचको तिक्तता यो हदसम्म सायद पुग्दैन्थ्यो। आज एमाले फुट्ने अवस्था पनि आउँदैन्थ्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

संयोग, एमाले फुटेर ओली र नेपाल अलग-अलग बाटो लागेकै दिन अष्टलक्ष्मीले त्यो मुकाम प्राप्त गरेकी छन्। सम्भवतः उनको विषयले अब ओली र नेपालको कटुता फेरि देखिने छैन।

केही दिनकी मुख्यमन्त्री
केन्द्रीयस्तरका नेताहरुलाई हेर्दा बुधबार विभाजित एमालेमा नेपालतर्फ ठूलो संख्या गएको छैन। तर, तल्लो तहमा यही अवस्था रहने देखिन्न। त्यसको असर बागमती प्रदेश सभामा पनि देखिनेछ।

बागमतीमा अहिले एमालेसँग सुविधाजनक बहुमत छ, तर माधवकुमार नेपालको नयाँ पार्टी बन्दै गर्दा त्यो बहुमत कायम नरहने लगभग निश्चित छ।

यो समीकरणबारे नवनियुक्त मुख्यमन्त्री शाक्य स्वयं पनि जानकार छिन्। उनले बुधबार मुख्यमन्त्री नियुक्त हुँदै गर्दा आफुनिकटहरुलाई पनि यसबारे बताएकी थिइन्। अर्थात्, माधव नेपालको नयाँ पार्टी, नेकपा एमाले समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाउनसाथै उनको सरकार अल्पमतमा पर्नेछ। यो सबै जान्दाजान्दै उनी किन मुख्यमन्त्री बन्न तयार भइन् त?

शाक्यनिकट एक एमाले नेताका अनुसार यसका पछाडि अर्थपूर्ण कारण छ। ‘अहिले नै मुख्यमन्त्री नबदलेको भए माधव कमरेडको अर्को पार्टी बन्नसाथै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँथे, अविश्वास प्रस्तावसँगै मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्थ्यो, त्यसो हुँदा मुख्यमन्त्री कांग्रेस वा माओवादीकै हुने निश्चित हुन्थ्यो,’ ती नेताले भने, ‘अहिले मुख्यमन्त्री बन्दा कांग्रेस र माओवादीले त्यो मौका पाउँदैनन्, कम्तीमा एक महिनाभित्र अर्को समीकरण विकास गर्न वा अरुको समर्थन लिएर यही सरकारलाई निरन्तरता दिन सकिन्छ भन्ने भयो। त्यसकारण पनि उहाँ मुख्यमन्त्री बन्न तयार हुनुभयो।’

शाक्यनिकट एक प्रदेश सभा सदस्यका अनुसार मंगलबार मात्र उनले यसबारे माधव नेपालसँग कुरा गरेकी थिइन्। ‘माधव कमरेडले पनि पछिको कुरा नहेरी अहिले मुख्यमन्त्री बनिहाल्नुस् भन्नुभो,’ उनले भने, ‘त्यसपछि उहाँ अघि बढ्नुभएको हो।’

शाक्यले पछिल्लो समय आफू एमाले फुटाउने गतिविधिमा सामेल नहुने बताउँदै आएकी थिइन्। त्यही कारण पनि उनी ओलीको प्रस्तावमा मुख्यमन्त्री बन्न अघि बढेको देखिन्छ। अब चाँडै आफ्नो सरकार अल्पमतमा परेमा उनी एमालेमै रहेर सत्ता बहिर्गमन रोज्न तयार हुन्छिन् या माधव नेपालको पार्टीमा लागेर कांग्रेस र माओवादीसहितको समर्थन जुटाउन अग्रसर हुन्छिन् भन्ने स्पष्ट छैन। 

उनीनिकट एमालेकै एक नेता भन्छन्,‘पछिल्ला केही महिनामा उहाँ एमालेभित्र ओलीविरोधी 'हार्डलाइनर'देखि उहाँप्रति 'सफ्टलाइनर' बनिसक्नुभो, अब उहाँले के गर्नुहोला भन्ने अहिल्यै भन्न कठिन छ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्