• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘केही दिनको’ मुख्यमन्त्री बन्न किन तयार भइन् अष्टलक्ष्मी?

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २३:०४
1140x725

काठमाडौं- बुधबार काठमाडौंमा नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा बागमती प्रदेशको राजधानी हेटौंडामा एमालेसँगै जोडिएको रोचक घटनाक्रम विकास भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट विदा गरेर एमालेबाट अलग्गिने निश्चित भइसकेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने चाँजोपाँजो मिलाएपछिको पटाक्षेप थियो त्यो।

हेटौंडामा एमाले प्रदेश सभा संसदीय दलको बैठक बोलाइएको थियो। त्यो बैठकमा पौडेलले दलको नेताबाट राजीनामा दिए र शाक्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरियो। बुधबार साँझ पौडेलले मुख्यमन्त्रीबाटसमेत राजीनामा गरेपछि उनको ठाउँमा शाक्यलाई नै मुख्यमन्त्री नियुक्त गरियो। शाक्यले बुधबार राति नै अन्य दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिइन्। 

पछिल्लो समय शाक्य एमालेमा माधव नेपालनिकट समूहमा रहँदै आए पनि समानान्तर रुपमा अध्यक्ष ओलीसँग पनि भेटिरहेकी थिइन्। त्यहीक्रममा उनी मुख्यमन्त्री बन्ने बाटो तय भएको हो। 

यो विकासक्रम किन पनि रोचक छ भने ठ्याक्कै साढे तीन वर्ष पहिले बागमती प्रदेशकै घटनाले शाक्य ओलीको प्रखर विरोधी बनेकी थिइन्। खासमा शाक्यमात्र होइन, नेपालको पनि यही घटनाबाट ओलीसँगको सम्बन्धमा दरार आउन सुरु भएको हो। 

त्यसबेला एमाले र माओवादीको गठबन्धन थियो, त्यो पनि पार्टी एकतातर्फ लम्किइरहेको। बागमती प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने तय भएको थियो। शाक्य त्यसको एकमात्र हकदार जस्तो थिइन्। 

यो पनि पढ्नुहोस्

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी : केपी ओलीको कटु आलोचकदेखि ओलीकै जोडबलमा मुख्यमन्त्रीसम्मबुधबार, भदौ २, २०७८

खासमा उनलाई मुख्यमन्त्री बनाउनकै लागि प्रदेश सभामा पठाइएको थियो। तर, संसदीय दलको नेता चयन गर्नुभन्दा अघिल्लो दिन अर्कै घटनाक्रम विकास भयो। ओलीले शाक्यविरुद्ध पौडेललाई संसदीय दलको नेताको उम्मेदवार बनाए। शाक्य पौडेलसँग पराजित भइन्। मुख्यमन्त्रीमा कल्पनै नगरिएका पौडेलले बाजी मारे।

यो त्यस्तो घटना थियो जसले त्यसबेलाको एमाले अनि त्यसको केही समयपछि माओवादीसित एकीकरण भएर बनेको नेकपामा ओली र नेपालबीच दरार बढाउँदै लग्यो। 

२०७७ वैशाखमा नेकपाभित्र संकट आइलाग्दा नेपालले मुख्यतः बागमतीको सरकार परिवर्तन चाहेका थिए। एमालेका एक नेता भन्छन्, ‘त्यसबेला बागमतीमा सरकार परिवर्तन गरेर अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाइएको भए नेकपा हुँदै अहिलेको एमालेसम्म आइपुग्दा केपी ओली र माधव नेपालबीचको तिक्तता यो हदसम्म सायद पुग्दैन्थ्यो। आज एमाले फुट्ने अवस्था पनि आउँदैन्थ्यो।’

Ncell 2
Ncell 2

संयोग, एमाले फुटेर ओली र नेपाल अलग-अलग बाटो लागेकै दिन अष्टलक्ष्मीले त्यो मुकाम प्राप्त गरेकी छन्। सम्भवतः उनको विषयले अब ओली र नेपालको कटुता फेरि देखिने छैन।

केही दिनकी मुख्यमन्त्री
केन्द्रीयस्तरका नेताहरुलाई हेर्दा बुधबार विभाजित एमालेमा नेपालतर्फ ठूलो संख्या गएको छैन। तर, तल्लो तहमा यही अवस्था रहने देखिन्न। त्यसको असर बागमती प्रदेश सभामा पनि देखिनेछ।

बागमतीमा अहिले एमालेसँग सुविधाजनक बहुमत छ, तर माधवकुमार नेपालको नयाँ पार्टी बन्दै गर्दा त्यो बहुमत कायम नरहने लगभग निश्चित छ।

यो समीकरणबारे नवनियुक्त मुख्यमन्त्री शाक्य स्वयं पनि जानकार छिन्। उनले बुधबार मुख्यमन्त्री नियुक्त हुँदै गर्दा आफुनिकटहरुलाई पनि यसबारे बताएकी थिइन्। अर्थात्, माधव नेपालको नयाँ पार्टी, नेकपा एमाले समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाउनसाथै उनको सरकार अल्पमतमा पर्नेछ। यो सबै जान्दाजान्दै उनी किन मुख्यमन्त्री बन्न तयार भइन् त?

शाक्यनिकट एक एमाले नेताका अनुसार यसका पछाडि अर्थपूर्ण कारण छ। ‘अहिले नै मुख्यमन्त्री नबदलेको भए माधव कमरेडको अर्को पार्टी बन्नसाथै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँथे, अविश्वास प्रस्तावसँगै मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्थ्यो, त्यसो हुँदा मुख्यमन्त्री कांग्रेस वा माओवादीकै हुने निश्चित हुन्थ्यो,’ ती नेताले भने, ‘अहिले मुख्यमन्त्री बन्दा कांग्रेस र माओवादीले त्यो मौका पाउँदैनन्, कम्तीमा एक महिनाभित्र अर्को समीकरण विकास गर्न वा अरुको समर्थन लिएर यही सरकारलाई निरन्तरता दिन सकिन्छ भन्ने भयो। त्यसकारण पनि उहाँ मुख्यमन्त्री बन्न तयार हुनुभयो।’

शाक्यनिकट एक प्रदेश सभा सदस्यका अनुसार मंगलबार मात्र उनले यसबारे माधव नेपालसँग कुरा गरेकी थिइन्। ‘माधव कमरेडले पनि पछिको कुरा नहेरी अहिले मुख्यमन्त्री बनिहाल्नुस् भन्नुभो,’ उनले भने, ‘त्यसपछि उहाँ अघि बढ्नुभएको हो।’

शाक्यले पछिल्लो समय आफू एमाले फुटाउने गतिविधिमा सामेल नहुने बताउँदै आएकी थिइन्। त्यही कारण पनि उनी ओलीको प्रस्तावमा मुख्यमन्त्री बन्न अघि बढेको देखिन्छ। अब चाँडै आफ्नो सरकार अल्पमतमा परेमा उनी एमालेमै रहेर सत्ता बहिर्गमन रोज्न तयार हुन्छिन् या माधव नेपालको पार्टीमा लागेर कांग्रेस र माओवादीसहितको समर्थन जुटाउन अग्रसर हुन्छिन् भन्ने स्पष्ट छैन। 

उनीनिकट एमालेकै एक नेता भन्छन्,‘पछिल्ला केही महिनामा उहाँ एमालेभित्र ओलीविरोधी 'हार्डलाइनर'देखि उहाँप्रति 'सफ्टलाइनर' बनिसक्नुभो, अब उहाँले के गर्नुहोला भन्ने अहिल्यै भन्न कठिन छ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश
युवराज सफल पक्राउ
सम्बन्धित सामग्री
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् । मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाक... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्