• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी : केपी ओलीको कटु आलोचकदेखि ओलीकै जोडबलमा मुख्यमन्त्रीसम्म

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २२:४९
1140x725

काठमाडौं- बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन्। मुख्यमन्त्री नियुक्त भएकै दिन बुधबार राति ९ बजे उनले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईबाट शपथ लिएकी हुन्। 

योसँगै उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री भएकी छन्। सात वटा प्रदेशमध्ये महिला मुख्यमन्त्री पाउने अवसर बागमती प्रदेशले पाएको छ। शाक्यले प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्रीको शपथ लिने चर्चा चलिरहँदा संघीय राजधानी काठमाडौंमा भने एमाले औपचारिक रुपमा दुई चिरा पर्दै थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अलग्गिएर वरिष्ठ नेता माधवकुमार नेपाल वैधानिक रुपमा अलग पार्टी दर्ता गर्ने प्रक्रियामा लागेका थिए। नेपाल समुहले बुधबार नै नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेको छ। यससँगै एमालेभित्रको वैचारिक र अरु विवाद अन्तत: पार्टी विभाजनसम्म पुगेको छ।

मुख्यमन्त्रीको शपथ लिएकी शाक्य मंगलबारसम्म वरिष्ठ नेता नेपाल समूहमा थिइन्। एकाएक उनी एमालेको ओलीपक्षमा उभिँदै मुख्यमन्त्री बन्न तयार भइन्। बिहानै काठमाडौंको अर्याल होटलमा जम्मा भएर अलग पार्टीको कानुनी दस्तावेज नेपालपक्षले कोर्दै गर्दा हेटौँडामा शाक्य भने संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएर बधाई खाइरहेकी थिइन्। एकाएक नेपाल समूहबाट ओलीपक्षमा लागेकी शाक्य नेपालपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न बुझाएको केन्द्रीय सदस्यको सूचीमा अटाइनन्।

यो पनि पढ्नुहोस्

कार्यकर्तालाई बाँदर बनाएर सडकमा प्रदर्शन गरिएकोमा अष्टलक्ष्मी शाक्यको टिप्पणी- कस्तो संस्कार हामीले हुर्कायौं!शुक्रबार, साउन ८, २०७८

नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको थियो। 

निर्वाचनदेखि नै मुख्यमन्त्रीको दाबेदार
२०७४ सालको चुनावमा प्रतिनिधि सभाको उम्मेदवार नबनी बागमती प्रदेश सभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो। काठमाडौं ९ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन्। तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन।

Ncell 2
Ncell 2

शाक्यलाई पन्छाउँदै पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो समूहका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका थिए। निर्वाचनमा वाम गठवन्धन बनाएर माओवादी केन्द्र र एमाले निर्वाचनमा होमिएका थिए। तर, सरकारमा गएपछि एमाले र माओवादी केन्द्र एकीकृत हुँदै नेकपामा रुपान्तरण भयो। २०७४ सालको निर्वाचनमा एमालेको मुख्यमन्त्रीको आकांक्षी धेरै थिए। शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल लगायतका नेताहरुले मुख्यमन्त्रीको आश गरेका थिए भने उनीहरुको नाम चर्चामा पनि थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीको उम्मेदवारको रुपमा डोरमणिको एकाएक प्रवेश भयो। चर्चा नै नभएका उम्मेदवारवाट उनी एकाएक मुख्यमन्त्री बने। उनी मुख्यमन्त्री भएसँगै संघवाट मुख्यमन्त्रीको आशा गरेर प्रदेश झरेका माधवकुमार नेपालपक्षका उम्मेदवार छायाँमा परे। शाक्य, पाण्डे र नेपाल तीनै जना नेपालपक्षमा रहेका थिए।

यो पनि पढ्नुहोस्

एमालेको नेपाल–खनाल समूहले बागमतीमा बनायो समानान्तर कमिटी, संयोजकमा अष्टलक्ष्मी शाक्य मंगलबार, चैत २४, २०७७

२०३६ सालमा घर छोडेर कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बनेकी शाक्यले ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन्। एमालेको अनुशासन  आयोगमा लामो समय अध्यक्ष भएका नेता अमृतकुमार बोहरासँग उनको विवाह भएको थियो। बोहरा अहिले एमालेका स्थायी कमिटी सदस्य छन्। उनी नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा तटस्थ बसेका छन्।

पार्टीको महिला संगठनमा शाक्यले लामो समय काम गरेकी छन्। शाक्य २०५६ सालको आम निर्वाचनमा काठमाडौंबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि पनि उनी संविधानसभा सदस्य बनिन्।

उनी यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छन्। दोस्रो पटक उद्योग तथा वाणिज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनले अब करिव डेढ वर्ष मुख्यमन्त्रीको रुपमा बागमती प्रदेश हाँक्ने छिन्।

यो पनि पढ्नुहोस्

केपी ओली विचारशून्य छन्, जित्न सजिलो छ : अष्टलक्ष्मी शाक्यआइतबार, चैत २२, २०७७

पुस ५ गते पहिलोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि शाक्यकै नेतृत्वमा तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहका ४५ सांसदले प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उनीहरूले शाक्यलाई मुख्यमन्त्रीको प्रस्तावसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

उक्त अविश्वासको प्रस्तावपछि माओवादी केन्द्रबाट विजयी भएका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतले पदवाट राजीनामा दिएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले र माओवादी ब्युँताउने फैसला सुनाएसँगै अविश्वास प्रस्ताव फिर्ता भएको थियो। मुख्यमन्त्री रहेका पौडेलले बजेट र नीति तथा कार्यक्रम पेस गर्दा असहयोग गर्ने डरकै बीचमा शाक्यसहितको समर्थनमा बजेट पारित गराएका थिए।

यो पनि पढ्नुहोस्

कम्युनिस्ट आन्दोलन बच्यो भने पद ठूलो कुरा होइन : अष्टलक्ष्मी शाक्यबुधबार, चैत ४, २०७७

यो पनि पढ्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीले तुरुन्त नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : अष्टलक्ष्मी शाक्यमंगलबार, फागुन ११, २०७७

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश
युवराज सफल पक्राउ
सम्बन्धित सामग्री
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् । मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाक... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्