काठमाडौं- बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुईजना मन्त्री नियुक्त गरेकी छन्।
उनले मुख्यमन्त्रीको शपथ लिएलगत्तै दुई मन्त्रीलाई शपथ गराएकी हुन्।
मुख्यमन्त्री शाक्यले केशव पाण्डेलाई आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्री र कृष्ण खनाललाई सामाजिक विकासमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि यी दुवै मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री थिए। आन्तरिक मामिलामन्त्रीमा शालिकराम जमरकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।