ओलखढुंगा– खुकुरी प्रहार गरी एक प्रहरीले महिलाको हत्या प्रयास गरेका छन्।
हवल्दार अमर सिंह राईले मानेभन्ज्याङ्ग गाउँपालिका–३ उँबुकी सर्मिला राईको हत्या प्रयास गरेका हुन्। घर विदामा आउका बेला सामान्य विवादमा उनले सालाकी बहिनी सर्मिलालाई खुकुरी प्रहार गरेकी हुन्।
हवल्दार राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कारबाही अघि बढाएको छ। घाइते महिलाको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । उनको टाउको र दुवै हातमा गहिरो चोट लागेको छ।
हवल्दार राईविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।