काठमाडौं– अनलाइन सपिङ पोर्टल दराजले आज (बुधबार) देखि दराजमल फेस्टिभल सुरु गरेको छ।
फेस्टिभलको मुख्य विशेषतामा एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत (रु. ५०० सम्म) छुट, इमेजरी भ्यू एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा साओमी एमआई ११एक्स–प्रो रहेको कम्पनीले बताएको छ।
निःशुल्क डेलिभरीका साथै अन्य थुप्रै पुरस्कार जित्ने मौका पनि यसमा समावेश छ । दराजमलमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नलगायत ३ सयभन्दा धेरै राष्ट्रिय÷अन्तर्राष्ट्रिय ब्रान्ड समावेश छन्। यसले शतप्रतिशत प्रतिशत प्रामाणिक उत्पादन र १४ दिन फिर्ता नीतिसहित ग्राहकलाई किनमेलको अनुभव सुनिश्चित गर्नेछ।
पहिलो पटक भिसा कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्मको छुट पाउनेछन्। साथै, एनआईसी एशिया, सनराइज, सिटिजन्स र माछापुच्छे« बैंकका ग्राहकले सजिलो मासिक किस्ता सेवामार्फत सपिङ गर्न पाउनेछन्।
उल्लिखित बैंकका ग्राहकले क्रेडिट कार्डका साथ आफूलाई मन परेका उत्पादन शून्य ब्याज र शून्य डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।
यसबाहेक ब्रान्ड अफ द डेजस्ता अफरले ग्राहकलाई आफ्नो मन पर्ने ब्रान्डमा थप छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।