• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

काबुल बस्दाको निर्क्योल- अफगानिस्तान यो अवस्थामा पुग्यो कसरी?

योगेश्वर रोमखामी बुधबार, भदौ २, २०७८  ०८:१७
1140x725

जब म पुलिस एड्भाइजर भएर सन् २००९–१० मा अफगानिस्तान पुगेको थिएँ, त्यसबेला बाबियान शहर समस्यासँग जुधिरहेको थियो। बाबियानमा रहेको ठूलो बुद्धको मूर्ति तालिबानहरुले तोडफोड गरिसकेका थिए। सुरुमा तोपबाट मूर्ति ध्वस्त पार्न खोजिए पनि सम्भव नभएपछि तालिबानहरुले पछि ड्रिल गरेर बारुद भरेर मूर्ति उठाएका थिए। 

त्यतिबेला उक्त मूर्ति भएको ठाउँ र मेरो डेरा नजिकै थियो। पछि त्यो मूर्ति युनिसेफको सहयोगमा पुनर्निर्माण भयो। त्यतिबेला बाबियानमा बुद्धिष्टहरुको बाहूल्य थियो। ठूला–ठूला पहाडहरुमा गुम्बा बनाएर बौद्ध भिक्षुहरु बस्थे। अहिले पनि त्यस ठाउँमा धेरै गुम्बाहरु छन्।

पछि म काबुल पनि बसेँ। काबुलका हरेकजसो गल्ली घुम्ने अवसर पाएँ। सुरक्षा थ्रेटका कारण संयुक्त राष्ट्रसंघ (युएन)को स्टाफ भएर गएपनि त्यसरी घुम्न अनुमति थिएन। अफिसबाट आफू बसेको डेरा (होटल) बुलेटप्रूफ गाडीमै जाने–आउने हुन्थ्यो। त्यो बाहेक बाहिर घुम्न मिल्दैन थियो। तर, मैले त्यो बेला चुनौती मोलेर भेष बदलेर अफगानी साथीहरुसँग काबुलका गल्ली गल्ली घुमे। त्यहाँ मगर, गुरुङ जस्तो मंगोलियन अनुहारका अफगानी पनि छन्। त्यो भएर पनि घुम्न केही सहज भयो। शीरमा मुस्लिम टोपी लगाएपछि मंगोलियन अनुहारको अफगानी जस्तो देखिने भएकाले केही सहज हुन्थ्यो। 

अमेरिकाले जति तालिम र हतियार दिएपनि अफगान आर्मीसँग तालिबानसँग लड्ने आत्मबल थिएन। आफ्नो लिडरसिपमाथि विश्वास पनि थिएन। 

यसरी भेष बदलेरै घुमेको भएर पनि एक वर्षको काबुल बसाइँले मलाई त्यहाँको राजनीतिक, भौगोलिक, सामाजिक, आर्थिक स्थिती बुझ्ने मौका मिल्यो। अहिले अफगानिस्तान जुन अवस्थामा पुगेको छ, त्यति बेला मैले महसुस गरेका विषयहरु अहिले फेरि ताजा भएर आएका छन्। 

भ्रष्ट नेतृत्व
मैले कस्तो बेला जागिर खाएँ भने पञ्चायत पनि भोगेँ। प्रजातन्त्र र माओवादी युद्ध पनि भोगियो। यसको मतलब फरक फरक नेतृत्व र व्यवस्था भोगियो। नेपालमा हामीले जति खराब नेतृत्व भनेर आलोचना गरेका थियौं, म त्यहाँ पुगेपछि थाहा पाएँ, अफगानिस्तान त्यो भन्दा बढी खराब नेतृत्वबाट गुज्रिरहेको थियो।

जहाँ लिडरसिप राम्रो हुँदैन त्यहाँ करप्सन हुन्छ। सरकार नै भ्रष्ट हुन्छ। जनताको आदर र श्रद्धा सरकार र नेताप्रति हुँदैन भन्ने अफगानिस्तान पुगेपछि मैले त्यसबेलै महसुस गरेको थिएँ। अहिले देखिएको विकासक्रम त्यसको एउटा उपज हो।

अफगानिस्तानमा राजनीतिक नेतृत्व मात्रै होइन, कर्मचारीतन्त्रदेखि सेना, प्रहरी सबैतिर भ्रष्टप्रवृत्ति छ। त्यहाँका अधिकांश नेताहरु बाहिर (युरोप, अमेरिका) बस्छन्। चुनावको बेला मात्रै फर्किन्छन्। चुनाव जित्यो भने त्यहाँका जनतालाई शासन गर्‍यो, भ्रष्टाचार गर्‍यो।  बस्यो। चुनाव हार्‍यो भने भोलिपल्टै युरोप, अमेरिकामा भएको आफ्नो घर फर्कियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी प्रहरी चिफ, जिल्ला प्रमुखलगायत विभिन्न संस्थाका कर्मचारीको पनि यही प्रवृत्ति छ। हुँदै नभएको कर्मचारीको संख्या देखाएर सरकारबाट तलब बुझेर भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी छ। ठाउँ ठाउँमा गभर्नर हुने चलन छ। सरदार हुन्छन्। सरदारलाई आफ्नो सेना कति राख्ने भन्ने अधिकार हुन्छ। त्यही सेनाको संख्या पनि भएको भन्दा दोब्बर, तेब्बर बढी देखाउने र सरकारबाट तलबभत्ता लिएर भ्रष्टाचार गर्ने प्रवृत्ति छ। नेपालमा कुनै समय झोलामा स्कुल भनेजस्तै त्यहाँ पनि कर्मचारीको संख्या झोलामा मात्रै हुने गरेको छ।

राष्ट्रियता र सामूहिकताको भावनामा कमी
यसरी भ्रष्टाचार गरेर कमाएको पैसा उनीहरुले युरोप, अमेरिकामा लगानी गर्छन्। जसलाई पश्चिमा देशहरुले पनि समर्थन गरेकै छन्। त्यो भएकाले उनीहरुमा राष्ट्रियताको भावना एकदमै कम देखिन्छ।

चुनाव जिते शासन गर्ने, हारे युरोप अमेरिका छिर्ने, उतै बस्ने चलन छ। कर्मचारीतन्त्रदेखि सुरक्षाकर्मीसम्ममा यस्तो प्रवृत्ति बढ्दो छ। जसका कारण राष्ट्रियताको भावना एकदमै कम देखिन्छ।

अर्कोतर्फ सामूहिकताको भावना पनि एकदमै कम छ। म त्यहाँ बस्दा अफगानहरुमा हामी एउटै देशबासी हौं मिलेर बस्नुपर्छ भन्ने भावना एकदमै कम देखेँ। युनिटी भन्ने नै छैन। विभिन्नतामा एकता हुनुपर्ने त्यो देखिएन। त्यो किन भयो भन्दा त्यो पनि लिडरसिपकै कारण हो। त्यहाँ कुनै यस्तो नेता हुन सकेन जसले सम्पूर्ण अफगानहरुलाई एकसुत्रमा बाँधोस्।

प्रो–अमेरिकन
अमेरिकी सैनिक अफगानिस्तान आए। त्यहाँ जति पनि लगानी गरे, सडक बनाए, त्यहाँका आर्मीलाई तालिम दिए तर, त्यहाँ एकातिर अफगान प्रहरी र आर्मीसँग मिलेर सँगसँगै काम गरेको देखिन्थ्यो। तर, त्यहाँको स्थानीयले भने अमेरिकीलाई मन पराउँदैन्थे। उनीहरुलाई घृणाको नजरले हेर्थे। त्यसको कारण भनेको हाम्रो देश बिगार्न आएको भन्ने बुझ्थे। हाम्रो सामरिक, भूराजनीतिक अवस्था छ। त्यसलाई एक्सरसाइज गर्न आएको भन्ने बुझाई त्यसबेलादेखि नै अफगान नागरिकमा थियो। 

चीनले अफगानमा जुन कन्ट्रयाक्टमा हात हाल्थ्यो त्यसमा सफलता पाउँदै गइरहेको थियो। चिनियाँको त्यो गतिविधि बुझेपछि अमेरिकन र पश्चिमाहरुको टाउको दुखाई सुरु भयो। यस विषयमा अमेरिकन एम्बेसीले गरेको एक सेक्युरेटीमा कुरा समेत त्यसबेला उठेको थियो।

अर्कोतर्फ कुनै ठाउँमा तालिबान बसेको सूचना पाएपछि त्यो ठाउँँमा उनीहरुले आक्रमण गर्दा धेरै सर्वसाधारण अफगानको ज्यान जान्थ्यो। तालिबानी बसेको छ भन्ने बित्तिकै त्यो ठाउँमा गएर एअर स्ट्राइक अमेरिकी सेनाले गर्थ्यो। त्यसको क्षतिको कुनै मतलब थिएन। जसकारण उनीहरु अमेरिकी सेना र अमेरिकी सेनालाई सहयोग गर्ने आफ्नो सरकारको विपक्षीमा क्रमशः बलियोे हुँदै गए। 

अमेरिकाले जति तालिम र हतियार दिए पनि अफगान आर्मीसँग तालिबानसँग लड्ने आत्मबल थिएन। आफ्नो लिडरसिपमाथि विश्वास पनि थिएन। बरु तालिबानीले आफ्नो मुलुकका लागि लडिराखेको छ भन्ने बुझेपछि उनीहरुले सरेन्डर गरेका हुन्। कुनै प्रतिरोध गरेनन्। राजनीतिज्ञदेखि कर्मचारीतन्त्रसम्मले देश लुटिरहेको छ। देश लुटेर विदेशमा घर बनाउने, उतै बस्ने। यसलाई आफ्नो देशको माया छैन, बरु तालिबानले आफ्नो देशका लागि लडिरहेको छ भन्ने अफगान सैनिकले पनि बुझेका थिए। 

सफल चिनियाँ नीति 
अफगानिस्तान जाँदा मैले के सोचेको थिएँ भने मुस्लिम देश भएका कारण पाकिस्तानसँग राम्रो सम्बन्ध छ। तर, म त्यहाँ गएपछि छक्क परेँ। त्यो मैले पाइनँ। पाकिस्तानलाई त्यहाँ घृणा गरेको पाइयो। पहिला पनि लडाइँ भएर तालिबानले कब्जा गरेपछि इरानको बोर्डर नजिक हुने मान्छेहरु इरान गएका थिए। पाकिस्तानको बोर्डर नजिक हुने मान्छेहरु पाकिस्तान भागेर गए। 

त्यसपछि पाकिस्तानमै १०-१५ वर्ष बसेर फर्केका छन्। उनीहरु सबैको युरोप, अमेरिकामा घर छ, लगानी छ। इरानतिर भागेर फर्किनेहरुलाई अलि बढी कन्ट्रोल भएकाले उनीहरुको त्यस्तो भएको पाइएन। उनीहरुलाई इरानी भाषा मात्रै आउँथ्यो। 

तर, पाकिस्तानमा रहेकाहरु अंग्रेजी, हिन्दी, उर्दु सबै जानेको पाएँ। भागेर पाकिस्तान पुगेकाहरुले अन्य भाषा पनि जानेको र युरोप, अमेरिकामा समेत लगानी रहेको पाइएपछि अफगान जनताले आफ्नो देश बिगार्नेमा पाकिस्तानको पनि हात छ भन्ने बुझेको मैले त्यसबेला पाएको थिएँ।

म त्यहाँ पुलिस एड्भाइजर भएकाले मन्त्रीहरुसँग भेट्थेँ। गभर्नर भेट्थेँ। जनतासँग पनि भेटेँ। अचम्मको कुरो, मुस्लिम देश भएर पनि पाकिस्तानलाई नराम्रो मान्ने उनीहरुले हिन्दु राज्य भारतलाई भने मित्र ठानेको पाएँ। 

म अफगानिस्तान भएको बेला राकेश सुद भारतका राजदूत थिए। भारतले त्यहाँ विकासको काम मात्रै गरेको थियो। सडक बनाउनेदेखि, ड्याम बनाउने, अस्पतालहरु बनाउने काम गरेको थियो। राजनीतिक हस्तक्षेप पनि गरेको थिएन। त्यसकारण भारतप्रति नरम र राम्रो सम्बन्ध थियो। तर, पछिल्लो समय भारतले तालिबानसँग कुनै डाइलग गरेको देखिँदैन। अब भने अफगानिस्तानमा भारतको हैसियत जिरोमा झर्नसक्ने आकलन पनि गरिन्छ।

अर्कोतर्फ चिनियाँहरु भने पहिलादेखि नै अफगानिस्तानमा शान्तपूर्वक काम गरिरहेका थिए। जनतालाई सहयोग गर्ने र त्यहाँका खानीहरु (कोइला, तामा, फलाम) लगायतमा कन्ट्रयाक्ट लिँदै जाने गरेको मैले त्यसबेला देखेको थिएँ। चाइनाले जुन कन्ट्रयाक्टमा हात हाल्थ्यो त्यसमा सफलता पाउँदै गइरहेको थियो। चिनियाँको त्यो गतिविधि बुझेपछि अमेरिकन र पश्चिमाहरुको टाउको दुखाई सुरु भएको थियो। 

भूराजनीतिक अवस्था
अफगानिस्तानमा यो समस्या आउनुमा भूराजनीतिक अवस्था एकदमै महत्त्वपूर्ण छ। जस्तो, १९८० को बेलासम्म रुसको त्यसमा हात थियो। काबुल भनेको एकदमै राम्रो सुव्यवस्थित सिटी हो। त्यो कन्सेप्ट रुसले बनाएको हो। त्यतिबेला कुनै मुस्लिममा प्रतिबन्ध थिएन। युवतीहरु पनि स्कर्ट लगाएर हिँड्थे। बार, रेष्टुरेन्ट जान्थे। एकदम खुल्ला समाज थियो।

रुसलाई बाह्रै महिना समुद्री जहाज चलाउने एक्सेस चाहिएको थियो। अफगानलाई आफ्नो नियन्त्रणमा राखेको अवस्थामा अरबियन सागर, हिन्द महासागर हुँदै बाह्रै महिना जहाज चलाउन रुसले सक्थ्यो। रसियनको यो रणनीतिलाई सिध्याउन त्यसबेला अमेरिकाले तालिबानलाई उचाल्ने काम गरेको थियो। 

रुसले किन अफगानिस्तान आफ्नो नियन्त्रणमा राख्न चाहन्थ्यो भने रुसलाई (उत्तर बेल्टमा कोल्ड वाटर हुने हुँदा त्यहाँको समुन्द्री क्षेत्रमा जाडोमा पानीजहाज चल्दैन) बाह्रै महिना समुन्द्री जहाज चलाउने एक्सेस चाहिएको थियो। अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिइराखेको अवस्थामा अरब सागर, हिन्द महासागर हुँदै १२ महिना जहाज चलाउन सक्थ्यो। 

र, अफगानिस्तानबाट पाकिस्तान आएर हिन्द महासागर पनि रुस प्रवेश गर्छ भन्ने अमेरिकाले बुझिसकेको थियो। त्यसपछि हुने व्यापार घाटाबारे अमेरिका जानकार थियो। त्यसपछि रसियन रणनीतिलाई सिध्याउन अमेरिकाले तालिबानलाई उचाल्ने काम गरेको थियो। 

यो सामरिक महत्व बुझेका शक्तिराष्ट्रहरु रुस, अमेरिका, चीनले अफगानलाई आफू अनुकल बनाउने अनेक प्रयास गरे। जसकारण राजनीतिक नेतृत्वलाई भ्रष्ट बनाउनेदेखि उनीहरुलाई शरण दिने, सहयोग गर्ने, सम्पत्ति आफ्नो राष्ट्रमा राख्ने व्यवस्था मिलाउनेसम्मका काम भए। यसबाट अफगानी जनताको दैनिकी दिनानुदिन नाजुक बन्दै गयो। सरकारको भ्रष्ट नीतिले जनता तालिबानप्रति सकारात्मक बन्दै जाँदा अहिलेको अवस्था आएको हो।

भर्जिन-ल्याण्ड हुनुको परिणाम
अफगानिस्तान एकदमै भर्जिन-ल्याण्ड हो। त्यहाँ अनेक प्रकारका खानीहरु छन्। अफ्रिकाको अन्य देशका धेरै खानीहरु युरोप, अमेरिकाले कब्जामा लिइसके। तर, अहिलेसम्म अफगानको खानी उत्खनन् गर्न बाँकी छ। प्राकृतिक स्रोतको प्रचुर सम्भावनाका कारण पनि अफगानिस्तान टार्गेटमा पर्ने गरेको मैले बुझेको छु।  

त्यो महत्त्वपूर्ण भूमिलाई हात पार्नका लागि विदेशी शक्तिले त्यहाँका राजनीतिक शक्तिहरुलाई भ्रष्ट बनाउने काम गर्छन्। भ्रष्ट बनाउने, आफ्नो कठपुतली बनाउने र त्यसपछि उनीहरुले भ्रष्टाचार गरेर कमाएका पैसाहरु आफ्नो देशको बैंकमा राख्न दिने यो प्रवृत्ति देखिन्छ। उच्चपदस्थहरु सबैजसोको अमेरिका र युरोमा घर छ। परिवार सबै त्यहीँ बस्छन्। यता करप्सन गरेको पैसा उता लगेर राख्न पाउने भएपछि यस्तो अवस्था आएको हो। भोलि केही परिहाल्यो भने उनीहरुलाई भाग्ने सुविधा पनि पश्चिमाले नै मिलाएको हुन्छन्। जुन अहिले पनि देखिहालियो। 

यति गरेर नेतृत्वलाई हातमा लिएपछि उनीहरुले आफ्नो स्वार्थ अनुसार त्यहाँ खेल्न पाउने नै भए।

पहिला मलाई नेपालमा कुनै त्यस्तो ठूलो खानी नभएको भनेर दुःख लाग्थ्यो। तर, जब म अफगानिस्तान पुगेर त्यहाँको समस्याको जड बुझेँ, त्यसपछि मलाई नेपालमा खानी नभएकामा खुशी लाग्यो। कम्तीमा अफगानिस्तानको अवस्था त भोग्नु पर्दैन भन्ने लाग्यो। जुन देशका  नेताहरु भ्रष्ट छन्, नेतृत्व दिन सक्ने क्षमता छैन भने त्यो मुलुकमा कुनै प्रकारको रिसोर्स नहुनु राम्रो हो भन्ने लाग्यो। 

तर, अर्को हिसाबले हेर्ने हो भने नेपाल अझै जोखिममा छ। चीनलाई टार्गेट गरेर पश्चिमा देशरुहरुले नेपालमा हात हाल्न खोज्छन् नै। अहिलेको भूराजनीतिक अवस्थामा नेपालको रणनीतिक महत्त्व बढेर गएको छ। जसकारण केही खतरा पनि बढ्न सक्ने मेरो विश्लोण छ। पहिला रणनीतिक महत्त्व थिएन। भएपनि एकदमै कम थियो। त्यो भएर कब्जा नगरी छाडिदिए। फिलिपिन्स, श्रीलंका, भारत सबै महत्त्वपूर्ण ठाउँ कब्जा गरेकालाई त्यसबेला नेपाल कब्जा गर्नु कुनै ठूलो कुरा थिएन। अहिले भने महत्त्व बढ्दै गएको देखिन्छ। अफगानिस्तानबाट हामीले पनि पाठ सिक्नुपर्छ।

(नेपाल प्रहरीका पूर्वएसएसपी रोमखामीसँग नेपाल लाइभका नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्