काठमाडौं–क्रुजमा आकर्षक तलबसहितको जागिर लगाइदिने भन्दै टर्की पुर्याएर अलपत्र बनाएको आरोपमा चितवनका निरन्जन भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनले टर्की पुगेपछि अस्थायी रेसिडेन्स कार्ड पाइने र त्यसका आधारमा अष्ट्रेलिया र क्यानडा जान मिल्ने भन्दै भ्रममा पारेका थिए। पछि परिवारलाई समेत लैजान मिल्नै भन्दै प्रतिव्यक्ति ६ लाख ५० हजारसम्म असुलेका थिए।
तर टर्की पुगेर पीडितहरु अलपत्र परेका थिए। नेपाल फर्किएर उनीहरुले उजुरी दिएका हुन्। भट्टराईविरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको सिआईबीका एसपी बुद्धि गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।