काठमाडौं– टीभीइएस अपाचे १६०–२ भी मोटरसाइकल सार्वजनिक गरिएको छ। उक्त मोटरसाइकल टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङस्थित शोरुममार्फत् कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरुद्वारा सार्वजनिक गरेको हो।
मोटरसाइकलको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ। यसैगरी, यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएएको छ।
यसमा रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ। जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत गराइरहन्छ। मोटरसाइकलमा बेस्ट इन क्लास आरटीआर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आरपीएममा १४.१४ पीएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएम मा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ।
यसैगरी, यसमा बेस्ट इन क्लास एमआईजी सस्पेन्सन सक अप राखिएको छ। यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।