काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आइतबार पाँच वटा नयाँ शाखाहरु विस्तार गरेको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरमा, चितवनको रत्ननगर नगरपालिका–६ सौराहमा र कास्कीको पोखरा महानगरपालिका–६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो।
यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए।
मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ। अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।